५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’ – Dastabej

५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’


  • ठाकुरसिंह थारु

  • नेपालगन्ज ।  बाँकेकी एक ३४ वर्षीया महिला बैदेशिक रोजगारीका लागि खाडीमुलुकमा जाने प्रलोभनमा परी भारतको महाराष्ट्र पुगिन । बिदेश जान आवश्यक पर्ने कागजातहरु बनाउन केही समय लाग्ने भन्दै उनलाई भाडाको एक घरमा राखियो । उनीसंगै अन्य नेपाली महिला पनि थिए । करिव एक महिनाको बसाइपछि उनको अगाडि नया“ प्रस्ताव आयो । बिदेश जानु नपर्ने तर त्यो भन्दा बढी पैसा कमाउने प्रलोभन दिइयो । प्रस्ताव थियो, ‘कोख भाडामा’ दिने । त्यस वापत ५ लाख रुपैया“ भारु दिने भनियो । तर ति महिलाले अरुको लागि बच्चा जन्माई दिनमन लागि कोख भाडामा दिन अस्विकार गरिन । त्यसपछि उनीमाथि भौतिक आक्रमण हुन सुरु भयो । ‘सुरुमा कोख भाडामा देउ भन्दा अचम्मै लाग्यो । मैले सुधै इन्कार गरिदिए,’ पीडित महिलाले भनिन्,‘त्यसपछि मलाई यातना दिन थालियो । मेरो ंसंबेदनशिल अंगहरुमा पनि यातना दिइयो ।’ उनी चिनजानकै व्यक्तिसंगै महाराष्ट्र पुगेको बताईन ।

    पीडित महिलाले कसैको गर्भ पनि भाडामा दिन मिल्ने पहिलो पल्ट सुनेको बताईन । विभिन्न प्रलोभनमा पारेर भारत पु¥याइएका कतिपय नेपाली महिलाहरु कोख भाडामा दिन बाध्य भएको उनले जनाईन । ‘सहजै कोख भाडामा दिए पैसा दिन्छौ“ भन्छन् । होईन भने यातना दिएर पनि कोख भाडामा लिन खोज्छन्,’ पीडित महिलाले भनिन,‘पैसाको प्रलोभनमा नेपाली महिलाहरु कोख पनि भाडामा दिन बाध्य देखिन्छन् ।’ कोख भाडामा नदिंदा यातना पाएकी ति महिलाको पा“च महिनाअघि भारतको महाराष्ट्रबाट गैरसरकारी संस्थाले भारतीय प्रहरीको सहयोगमा उद्दार गरेको हो । यातनाका कारण अंगभंग भएजस्तै भएकी छन् ।

    कोख भाडामा दिने वा नदिने बारे नेपाली कानुन बोलेको छैन । तर, नेपालमा पनि भाडाको गर्भलाई कानुनी बैद्यता दिलाउन अधिकारबादीहरु केही वर्षयता वकालत गरिरहेका छन् । तर सीमावर्ती बा“के र बर्दियाका केही नेपाली महिलाहरु भँरतमा गएर गर्भ भाडामा दिएर आएको खुल्न थालेको छ । पछिल्लो पल्ट बाँकेकी ३४ वर्षीया महिलाको उद्दार सम्भव भएपछि नेपाली महिलाहरु भारतमा पुगेर भाडामा गर्भ दिने गरेको थप खुलेको हो ।  राम्रो काम लगाई दिने भन्दै नेपाली महिलालाई भारत पु¥याईन्छ । निसन्तान दम्पत्तीहरुले आफ्ना लागि सशुल्क सन्तान जन्माई दिन प्रस्ताव गर्छन । बच्चा जन्माउन करिव एक वर्षको समय लालग्छ । त्यस वापत महिलालाई ५ लाख भारुसम्म रकम दिईन्छ । ‘कोही त पैसा कमाउने भन्दै कोख भाडामा दिने प्रस्ताव सहजै स्वीकारेको देखिन्छ,’ भूक्तभोगी ती महिलाले भनिन् ।

    भारतमा कोख भाडामा दिने घटना सार्वजनिक भइरहेका बेला नेपाली महिलाहरु हराउने घटना बढेका छन् । कोख भाडामा दिएपछि परिवारको सम्पर्कमा आउन समस्या हुने गरेपछि खोजिका लागि उजुरी परेको हुनसक्ने अधिकारबादीहरु बताउ“छन् । मानव बेचबिखनबिरुद्ध कार्यरत संस्था माईती नेपाल नेपालगन्जका प्रमुख अधिवक्ता केशव कोइरालाले नेपाली महिलाहरु भारतमा गएर कोख भाडामा दिएको दुई÷तीन घटना सम्पर्कमा आएको बताउ“छन् । ‘पछिल्लो घटना बा“कैकै महिलामाथि भएको हो । उक्त घटना बारे कानुनी प्रक्रियामै छौ“,’ उनले भने,‘कोख भाडामा दिने घटना सामाजिक बहिष्करणमा पर्ने डरले महिलाहरु सार्वजनिक गर्न मान्दैनन् ।’ उनले भारत गएर हराएका मध्ये कतिय महिलाहरु कोख भाडामा दिन बाध्य हुने गरेको सुनाए । पछिल्लो एक वर्षमा ५ सय २५ महिलाहरु भारत गएर हराएको भन्दै खोजीका लागि उजुरी परेका छ । ति मध्ये २ सय ३ जना फेला परेको माईती नेपालले जनाएको छ । हराएका३ सय २२ जनाको अवस्था सार्वजनिक हुनसकेको छैन ।

    नेपाल कानुनले गर्भसय भाडामा दिनुलाई मानव बेचबिखनको अपराध मानेको छ । जसका काण गर्भ भाडामा दिने महिला खुल्ने सक्ने वातावरण छैन । तर अधिकारीबादीहरुले भने गोप्यरुपमै ति महिलाहरुलाई भेटेर घटना बारे बुझ्न थालेका छन् । भाडामा गर्भ दिने महिलाका बारेमा अधिकारबादीहरुले सूचना संकलनकर्ता खटाएका छन् । भारत जाने बेला महिलाको शारिरीक अवस्था समान्य हुन्छ । तर गर्भ भाडामा दिइसकेर फर्केको महिलाको अवस्था ठ्याक्कै सुत्केरीहरुकै जस्तो हुन्छ । कानुन नआईसकेका कारण खुल्न नसकेका हुन । भाडामा गर्भ दिने महिलाबाट शारिरीक सम्र्पक गरेर बच्चा जन्माएका घटना हुने गरेको अधिवक्ता कोइरालाले बताए । बाँके प्रहरी प्रवक्ता मधुसदन शर्माले भने भाडामा गर्भ दिने मुद्दा कानुनीरुपमै अन्यौल रहेकाले गोप्यरुपमा हुनसक्ने जनाएको छ । उनले गर्भ भाडामा दिएको घटना बारे प्रहरीमा उजुरी नआएको बताए । ईकान्तिपुर ।

     

  • ९ माघ २०७८, आईतवार १३:३६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता