रात्रि क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु – Dastabej

रात्रि क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु


  • दस्तावेज

  • याउन्दे, १० माघ (रासस÷सिन्ह्वा) ः अर्मेनियाको राजधानी सहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतबार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिनुभएको छ ।

    आइतबार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरु रहेका बेला सो क्लबमा आगो लागेको बताइएको छ । “सो आगलागीबाट १६ जनाको ज्यान गएको र अरु आठ जना घाइते भएका छन् । घाइतेहरुको शरीर जलेको र उनीहरुको अवस्था पनि गम्भीर रहेको छ,” मन्त्री रेने इमानुयल सादीले भन्नुभयो ।

    मन्त्री सादीका अनुसार अकस्मात आगो लागेपछि निभाउने प्रयास गर्दा गर्दै धेरै मानिसलाई आगोले छोएको थियो ।  घटना बारे थाहा पाउने वित्तिकै प्रहरी र दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएका थिए । आगलागीको बेलामा क्लबमा एक सयजना जति नागरिक रहेका थिए । रात्रि क्लवमा रहेका मध्ये प्राय युवायुवती रहेका थिए । आगो लागेपछि बाहिर निस्किने प्रयासमा रहेका उनीहरुलाई आगोको मुस्लोले छोएको थियो । बाहिर निस्कने द्धार एउटा मात्र रहेकोले पनि धेरै मानिसको ज्यान गएको अनुमान गरिएको छ ।

  • १० माघ २०७८, सोमबार १५:१८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता