चिनियाँ र इजरायली राष्ट्रपतिबीच बधाई आदानप्रदान – Dastabej

चिनियाँ र इजरायली राष्ट्रपतिबीच बधाई आदानप्रदान


  • दस्तावेज


  • बेइजिङ, १० माघ (रासस÷सिन्ह्वा) – चिनियाँ राष्ट्रपति सी चिनपिङले सोमबार इजरायली राष्ट्रपति इसाक हर्जोगसँग दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ ।

    सीले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाएको र द्विपक्षीय सम्बन्धले उल्लेखनीय प्रगति हासिल गरेको बताउनु भएको छ ।

    “चीन र इजरायलले २०१७ मा एक व्यापक साझेदारी स्थापना गरेदेखि विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगले फलदायी नतिजाहरू ल्याएको छ । जसले दुई देशका जनतालाई लाभ भएको छ,” सीले भन्नुभयो ।

    आफ्नो तर्फबाट हर्जोगले पनि ३० वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको आदानप्रदान झन् नजिकिएर आपसी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनु भयो ।

    “द्विपक्षीय सहयोगले अर्थतन्त्र, कृषि, स्वास्थ्य, पर्यटन र संस्कृति जस्ता क्षेत्रमा दुई देशका जनतालाई धेरै र दिर्घकालिन फाइदा पुगेको छ,” हर्जोगले भन्नुभयो ।

    इजरायल र चीनबीचको व्यापक साझेदारीलाई आफूले उच्च मूल्याङ्कन गरेको कुरा उल्लेख गर्दै हर्जोगले आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताउनु भयो ।

    सोमबार नै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि आफ्ना इजरायली समकक्षी नाफ्ताली बेनेटसँग बधाई सन्देश आदानप्रदान गर्नु भएको अधिकारीहरुले जनाएका छन् ।

    आफ्नो सन्देशमा बेनेटले ३० वर्षअघि दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाएपनि, विशेषगरी पाँच वर्षअघि बृहत् साझेदारीको स्थापना भएदेखि द्विपक्षीय सहयोग चौतर्फी रुपमा विकास भएको बताउनु भएको छ ।

  • १० माघ २०७८, सोमबार १५:२२ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता