नृपालगन्ज । बाँके नेपालगन्ज उपमहानगरपालिका १० ट्राफिक चोक नजिकबाट ३५ बर्षीया मुन्नि जोलाहलाई सुईटरको खल्तिबाट लुकाई छिपाई राखीएको ३० ग्राम ब्राउन सुगर पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र बाँके प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । उनीसंगै रहेका नेपालगन्ज १६ बस्ने बर्ष ३९को कल्लु जोलाह र बर्ष ३५ की जरिना अन्सारीको साथबाट नगद नेपाली रुपैया ७०,५००।( र भारतीय रुपैया ७०,३५०।( गरी जम्मा नेपाली रुपैया १,८३,०६०।( र र्यापर कागज सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।