अधिकृतलाई हटाएर हेल्थ असिस्टेन्ट कोरोना फोकल पर्सन, बाँकेबाहेक फोकल पर्सन सुन्नु भएको छ ? – Dastabej

अधिकृतलाई हटाएर हेल्थ असिस्टेन्ट कोरोना फोकल पर्सन, बाँकेबाहेक फोकल पर्सन सुन्नु भएको छ ?


  • दस्तावेज

  • नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट तेज वली

    नेपालगन्ज ।  कोरोनाको तेस्रो लहरमा पनि संक्रमण दर उच्च भइरहेका बेला जिल्लाभरीको स्वास्थ्य क्षेत्र हेर्ने जिल्ला स्वास्थ्य कार्यालय बाँके भूमिकाबिहिन बनेको छ । जिल्लाको स्वास्थ्य अवस्था बारे बिज्ञ मानिने स्वास्थ्य कार्यालय लाई जिल्ला कोभिड संकट व्यवस्थापन समितिले नै

    भूमिकाबिहिन बनाउदै लगेको हो । जिल्लाको कोरोना संक्रमणको अवस्था बारे जानकारी दिने स्रोत व्यक्ति (फोकल पर्सन) समेत हुनबाट स्वास्थ्य केन्द्रलाई बन्चित गराइएको छ । यसअघि फोकल पर्सनका रुपमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वा अधिकृत सरहको स्वास्थ्यका कर्मचारीलाई तोकिने गरेको थियो । स्वास्थ्य कार्यालयले सुरुमा सहायक जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई फोकल पर्सन तोकिएको थियो । उनको सरुवा भएपछि सहायक जनस्वास्थ्य अधिृकत मानबहादुर नेपालीलाई फोकल पर्सन तोकिएको थियो । तर बाँकेमा भने जिल्ला कोभिड संकट व्यवस्थापन समितिले नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट तेज वलीलाई दुई वर्षदेखि फोकल पर्सन तोकेको हो ।

    ‘बाँकेबाहेक अन्य जिल्लामा हेल्थ असिस्टेन्ट फोकल पर्सन भएको सुन्नु भएको छ ?,’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहको प्रश्न छ,‘हाम्रो सिनीयर कर्मचारीलाई भूमिका नदिंदा हाम्रो मानमर्दन भएन र ?’

    कोरोना संक्रमण नियन्त्रणका समितिले स्वास्थ्यका अधिकारीहरुसंग सहकार्यसमेत गरेको छैन । यसअघि स्वास्थ्य केन्द्रले कोरोनाका संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ्ग गरी परीक्षण गर्ने र कोभिडबाट जोगिने उपाय बारे प्रचारप्रसार गर्दै आएको थियो । विभिन्न रोगको अवस्था बारे अभिलेख राख्ने स्वास्थ्य केन्द्रलाई बा“के जिल्लामा कोरोनाको संक्रमण दर, संख्या, मृत्यु, प्रभावित संख्याको अभिलेखसमेत दिइएको छैन । त्यस्तै, स्वास्थ्य कार्यालयलाई जिल्लाको सम्पूर्ण स्वास्थ्य अवस्था बारे रिर्पोटिङ गर्नुपर्छ । बाँकेमा कोभिड सुरु भएपछि केन्द्रका कर्मचारीहरु रातदिन स्वास्थ्यकर्मीहरुसंगै खटिन्थे । कोरोनाको त्रास कतिसम्म थियो भने स्वास्थ्यकर्मीहरुसमेत विरामी नजिक पुग्न डराउँथे । त्यस्तो अप्थ्यरोको समयमा पनि स्वास्थ्यका कर्मचारीहरु ज्यानको पर्वाह नगरेर खटिएका थिए ।

    तर पछिल्लो समय भन सहकार्य नगरिएपछि कर्मचारीहरु दुखेसो पोखेका हुन । ‘कतिसम्म भने हामीले तोकेको फोकल पर्सनलाई काम गर्न दिइएन,’ जिल्ला स्वास्थ्य केन्द्र बा“केका प्रमुख शाहले भने ।
    बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर केसिले भने कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयसंग सम्पर्कमा रहेको बताए । उनले स्वास्थ्य बाहेक अन्य क्षेत्रसंग बैठकमा छलफल हुने गरेको बताए । ‘म बा“के आएको केही महिना भएको छ । पहिले जे चलेको थियो त्यसलाई निरन्तरतामात्रै दिएका छौँ,’ उनले भने,‘स्वास्थ्य कार्यालयको भूमिकाबिहिन बनाउनु पर्ने कुनै कारण छैन । अझ उहाँहरुको सहयोग अपरिहार्य छ ।’ जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा जिल्ला समन्वय समिति, जिल्ला अस्पताल, सुरक्षा अधिकारीहरु सदस्य रहने गरी जिल्ला कोभिड संकट व्यवस्थापन समिति गठन गरिएको हुन्छ । ईकान्तिपुर ।

     

  • ११ माघ २०७८, मंगलवार ०८:३० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता