महामारी नियन्त्रण गर्न समिति – Dastabej

महामारी नियन्त्रण गर्न समिति


  • दस्तावेज

  • नेपालगञ्ज, माघ १२ । नेपालगञ्ज उप–महानगरपालिकाले सम्भावित विभिन्न प्रकोप तथा महामारी जन्य रोग रोकथाम र नियन्त्रणका लागि तत्काल परिचालन हुने गरि टिम गठन गरेको छ ।

    प्रमुख प्रशासकी अधिकृत गुरुदत्त सुवेदीको अध्यक्षतामा बुधबार बसेको नगर स्तरीय जनस्वास्थ्य आपतकालिन ब्यवस्थापन समितिको बैठकले सुवेदीको संयोजकत्वमा विभिन्न शाखाका प्रमुख सम्मिलित समिति गठन गरेको हो । स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जनस्वास्थय आपतकालिन ब्यवस्थापन समिति वडास्तरमा रहेका स्वास्थ्य केन्द्र सम्म गठन गरिने बताए । तत्काल कोभिड रोकथाम र नियन्त्रणमा जोड दिइएपनि यसले नियमित रुपमा अन्य समयमा पनि काम गर्ने चन्दको भनाई छ । सम्भाव्य प्रकोप र महामारी रोकथाम र नियन्त्रणका लागि समितिले योजनावद्ध रुपमा विभिन्न पूर्व तयारी समेत गर्ने छ ।

    बैठकमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नेपालगञ्ज उपमहानगरपालिकाका पश्चिम नेपालकै अग्रणी शहर भएका कारण यसले प्रकोश तथा महामारी नियन्त्रणका लागि अन्य स्थानीय तहले अनुशरण गर्ने गरि योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कोभिड संक्रमणपछि घरमै आईसोलेसनमा बसेका ब्यक्तिहरुको स्वास्थ्य बारे दैनिक स्वास्थ्यकर्मीले फोनमार्फत जानकारी लिनुपर्ने बताउँदै उनले विपदमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैका लागि न्यूनतम सेवा सुविधा उपलब्ध गराउन उपमहानगरपालिका तयार रहेको जनाए ।

  • १२ माघ २०७८, बुधबार १७:३६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता