राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा सत्ता गठबन्धन विजयी – Dastabej

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा सत्ता गठबन्धन विजयी


  • दस्तावेज

  • धनगढी — राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।महिलातर्फ नेकपा एकीकृत समाजवादी मदन कुमारी शाह गरिमा, दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् ।

    प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तहमा १७५ र प्रदेश सभाका ५३ मतदाता रहेको सुदूरपश्चिममा कूल मतभार ५६४६ हो । त्यसमध्ये नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेकी शाहले कुल ३ हजार ८ सय ३४ मतभार प्राप्त गरेर विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोष कुमारी थापाले प्रदेशतर्फ एक हजार ७२८ मत पाएकी छन् ।

    यस्तै माओवादी केन्द्रबाट उम्मेदवार रहेका जगत पार्की पनि विजयी भएका छन् । उनले पनि ३७६२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्दी एमाले उम्मेदवार नरेश विश्वकर्माले १७८२ मतभार प्राप्त गरेका छन् । यस्तै अन्य समूहतर्फ उम्मेदवार रहेको नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् उनले ३ हजार ७४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्दी एमाले उम्मेदवार डिल्लीराज भट्टले एक हजार ८६६ मतभार प्राप्त गरेका छन् ।

  • १२ माघ २०७८, बुधबार १७:४८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता