पाटे बाघसंग जम्का भेट भएपछि….. – Dastabej

पाटे बाघसंग जम्का भेट भएपछि…..


  • दस्तावेज

  • नेपालगन्ज । मेरो नाम हिमु नेपाली हो । घर राप्ती सोनारी गाउँपालिका माथेबास घर हो । म लगायत हामी साथीहरु सिक्टा सिंचाई आयोजनाको पुर्बी नहरमा जालीको काम गर्न जान्छाँै । त्यो क्षेत्र जंगलैजंगल पर्छ । जंगल क्षेत्रमा गाईगोरु हिडडुल गर्ने समान्य जंगली बाटो छ । शुक्रबार दिउँसो त्यही जंगलको बाटो भएर पुर्बी सिक्टाबाट मोटरसाईकलमा घर फर्किदै थिए । राप्त सोनारीको आलीनगर सामुदायिक वनको दुपत्ती भन्ने स्थानमा पुग्दा अलि परैबाट पाटे बाघले जनावर खाईरहेको देखेँ । बाघले टाउको माथि उठायो
    म डराए । मोटरसाईल त्यही छोडेर भग्दै रुख चढे । अनि कम्पनीका साथीहरुलाई फोन गरे । कम्पनीका साथीहरु आएपछि म त्यहाँबाट आउन सफल भएँ । नेपालीसंगै काम गर्ने चिलहरीया गाउँका प्रेमलाल चौधरीका अनुसार दुपत्तीको जंगलमा तीन वटा जनावर मरेका छन् । छाला निकालिएको छ । गाई हुन कि निल गाई चिन्न सकिन्न । टाउको अलगै गरिएको छ । नहर छेउमा तीन दिनदेखि जनावर फालिएको छ । कसैले मर्यो कि बाघले शिकार गरेको हो थाह भएन । बाघले शिकार गरेको भए छाला ननिकल्नु पर्ने । बाघले दुई जनालाई मारेपछि नियन्त्रणमा लिन प्राविधिक टोली खटिएको थियो । १० दिनसम्म बाघ फेला नपरेपछि प्राविधिक टोली चितवन फर्किएको छ । (हिमु नेपाली र प्रेमलाल चौधरीको कुराकानीमा आधारित)

  • १४ माघ २०७८, शुक्रबार १७:२४ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता