मल र जलाधार क्षेत्र घोषणाको माग – Dastabej

मल र जलाधार क्षेत्र घोषणाको माग


  • दस्तावेज

  • भक्तपुर, १५ माघ (रासस) ः नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले शुक्रबार वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई भेटेर कृषकलाई पर्याप्त मल र मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्न माग गर्नु भएको छ ।
    सांसद सुवालले चागुनारायण नगरपालिकाको नगरकोटस्थित खानेपानी स्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खाने पानीको स्रोत बढाउन, भक्तपुर नपा सल्लाघारीस्थित चोङा गणेश मन्दिर परिसरलाई साँंस्कृतिक क्षेत्र घोषणा गर्न र भक्तपुरका नवदुर्गा पीठको संरक्षण गर्न आवश्यक बजेटको व्यवस्था गर्न वनमन्त्री यादवसँग माग गर्नुभयो । भेटमा वनमन्त्री यादवले साँस्कृतिक नगरी भक्तपुरको सार्वजनिक स्थलहरुको संरक्षण र सम्बद्र्धनमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।
    त्यसैगरि सांसद सुवाल र नगर प्रमुख प्रजापतिसहितको टोलीले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भटेर किसानहरूलाई समयमै सुपथ मूल्यमा पर्याप्त रासायनिक मल उपलब्ध गराउन माग गर्नुभयो । सचिव डा. शर्माले कृषकको मागबमोजिम मन्त्रालयले आवश्यक मलको व्यवस्थापनमा जुटेकाले भक्तपुरलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।–––

  • १५ माघ २०७८, शनिबार १५:३७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता