नेपालगन्जमा ई रिक्साको बाढी, के १० हजार आवश्यक छ ? – Dastabej

नेपालगन्जमा ई रिक्साको बाढी, के १० हजार आवश्यक छ ?


  • दस्तावेज

  • नेपालगन्ज । ई रिक्साले धेरैलाई रोजगारी दिएको छ । सर्वसाधाणहरुलाई आउजाउ गर्न सहज छ । तर जथाभावी रिक्सा चलाउँदा र ट्फिक नियम पालना नगर्दा सर्वसाधारणहरुलाई सास्ती पनि खेप्नु परेको छ । ई रिक्सा चालकहले एक्कासी बाटो काट्दा दुर्घटनासमेत हुन गरेको छ । चोकहरुमा उल्टो बाटो भएर सडक काटेको सहजै देख्न सकिन्छ । रिक्साको भिडल नेपालगन्जको धम्बोझी चोक, सदरलाईन, त्रिभुवन चोक क्षेत्रका सडक जाम हुने गरेको छ । बीच बाटोमै रिक्सा राखिन्छ । एक्कासी सुईया बाटो काट्छन, नेपालगन्ज धम्बोझी चोकका रमेशकुमार शर्मा भन्छन्, रिक्सले जति सजिलो भएको छ त्यति धेरै सास्ती पनि खेप्नु पर्छ ।
    नेपालगन्ज रुपैडिहा नाकाको कुरै नगरौँ । त्यसो अस्तव्यवस्त छ । ई रिक्साको भिड बढ्दै गएपछि नेपालगन्जमा कति आवश्यक छ भन्ने बहस सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका रिक्सा व्यवस्थापनका लागि दर्ता प्रक्रिया सुरु गरेको छ । राजस्व शाआका अधिकृत बीरबहादुर थापाका अनुसारहालसम्म २ सय रिक्सा दर्ता भएका छन् । उनका अनुसार नेपालगन्ज क्षेत्रमा कम्तिमा पनि १० हजार ई रिक्सा चल्छ । यति धेरै आवश्यक छैन, उनले भने । भिड हुने र सडक नै अवरुद्ध हुन थालेपछि भारतीय सुरक्षाकर्मीहरु रुपैडिहा जान रोक लगाउँदै आएका छन्।

  • १५ माघ २०७८, शनिबार १६:१७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता