
म्याग्दीको रघुगङ्गा गाउँपालिका३, मौवाफाँटमा फागु पूर्णिमाको अवसरमा रङ्ग दलेर होली मनाउँदै गरेका बालबालिका । तस्वीरः कमल खत्री/रासस

काठमाडौँ, ३ चैतः
काठमाडौँको न्यूरोडमा होली खेल्ने रङग बेच्न ग्राहकका प्रतीक्षामा बसेका व्यापारी । तस्बिर ः प्रदीपराज वन्त/रासस

काठमाडौँको बसन्तपुरमा बिहीबार होली खेलेर मनोरञ्जन लिँदै विदेशी पर्यटक । तस्बिर ः प्रदीपराज वन्त/रासस

काठमाडौँको बसन्तपुरमा होलीको रङगसँग रमाउँदै विदेशी पर्यटक । तस्बिर ः प्रदीपराज वन्त/रासस

तनहुँ उद्योग बाणिज्य सङघ दमौली बजार इकाई समितिद्वारा आयोजित होली विशेष कार्यक्रममा रमाइलो गर्दै युवायुवती । बजार क्षेत्रमा जडान गरिएको सिसिटिभी मर्मत तथा सम्भार सहयोगार्थका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । तस्बिरः सानेबहादुर नेपाली/रासस

काठमाडौँ,३ चैतः होली पर्व फागुपूर्णिमाका दिन काठमाडौँको बसन्तपुुुरमा होली खेल्नेहरूको भीड । तस्बिरः रत्न श्रेष्ठ/ रासस

होलीको रङगले अनुहारमा नेपालको राष्ट्रिय झण्डा बनाए काठमाडौँको बसन्तपुरमा होली खेल्न सहभागी युवा । तस्बिर ः प्रदीपराज वन्त/रासस