‘तिम्रो साथ’ म्युजिक भिडियो सार्वजनिक – Dastabej

‘तिम्रो साथ’ म्युजिक भिडियो सार्वजनिक


  • दस्तावेज

  • माया प्रेमको कथामा बनाइएको नयाँ म्युजिक भिडियो ‘तिम्रो साथ’ सार्वजनिक भएको छ ।

    लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश यस गीतको रचना अमेरिकाको ओहायो शहरमा बस्दै आउनुभएका गीतकार रमेश लुइँटेलले गर्नुभएको छ । यस गीतलाई अमेरिकामा नै रहेका सङ्गीतकार आधार तुम्बापोले सङ्गीतबद्ध गर्नुभएको हो । गीतमा कर्म ग्याल्छेन बम्जनको सङ्गीत संयोजन रहेको छ ।

    साथ छुट्ला भन्ने डरले आफ्नो शारीरिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुःखद् परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ । ‘तिम्रो साथ छुट्ला भनी डराएर रोएँ’, ‘मनको पीडा मनमै दबाई कराएर रोएँ’, ‘यो मनबाट तिमीलाई अन्तै सराएरै रोएँ’ ‘बाध्यतालाई आफैँसँग हराएर रोएँ’ लगायत बोलका गीत म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।

    म्युजिक भिडियोमा सुजिता शिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ । राम केसीले छायाङ्कन गरेको यस भिडियोलाई शीलन लम्सालले सम्पादन गर्नुभएको हो । टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।
    –––

  • २ बैशाख २०७९, शुक्रबार १२:३१ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?