‘मकै पिन्नु जाँतोमा’ म्युजिक भिडियो सार्वजनिक – Dastabej

‘मकै पिन्नु जाँतोमा’ म्युजिक भिडियो सार्वजनिक


  • दस्तावेज

  • काठमाडौँ, ५ वैशाख (रासस) ःगायिका मेलिना राई र गायक रमेश राई एकसाथ ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो लिएर आउनुभएको छ ।

    प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द र विष्णु पोल्वाङ्छा चाम्लिङ राईको सङ्गीत रहेको छ । गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गर्नुभएको हो । ‘मकै पिन्नु जाँतोमा, धानचाहिँ ढिकीमा’, ‘सोल्टिनीलाई नमस्ते पहिलो भेटैमा’ ‘पिठो चाल्नु चाल्नीमा, चामल नाङ्लोमा’, ‘सोल्टीज्यूलाई नमस्ते पहिलो भेटैमा’ ‘बोलाउँदैमा नसुने झँै किन ग¥या होला, ‘पहिलो भेटमै मेरोपछि किन लाग्या होला’, ‘आँखा लोभी मन पापी अल्लारे सोल्टीको, हिम्मत भए भने हुन्छ खाँटी कुरो के हो’ लगायत बोलका गीत प्रस्तुत गरिएको छ ।

    म्युजिक भिडियोमा बीना राउत, सुन्दर घलान र रमेश राईको अभिनय रहेको छ । सनम तामाङले छायाङ्कन गरेको यस भिडियोमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ । अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । गायक राईको युट्युब च्यानल ‘रमेश राई’ मार्फत् भिडियो सार्वजनिक भएको हो । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ ।
    –––

  • ५ बैशाख २०७९, सोमबार १४:१६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?