
Nepal Oil Corporation. Photo: THT file
नेपालगन्ज । भरतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार अप्रिल १६ मा पठाएको मूल्यसूची भन्दा पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । तर, डिजेल र हवाई इन्धनको मूल्य भने बढेको छ ।
नेपाल आयल निगमका अनुसार ‘पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०।३८ पैसा बढेको छ । नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ३ अर्ब ७३ करोड नोक्सान हुने निगमले जनाएको छ।