नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु – Dastabej

नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु


  • दस्तावेज

  • काठमाडौँ, ६ वैशाख (रासस) :नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ ।

    नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक–एक सैनिक अधिकृत तालिममा समावेश रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    मध्यम तहका अधिकृतको नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको उक्त तालिमबाट हालसम्म सेनाका १० हजार ४०, विदेशी ९९, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ र रक्षा मन्त्रालय एकसमेत गरी एक हजार १९४ शिक्षार्थी अधिकृत दीक्षित भइसकेका छन् ।

    बलाधिकृत रथी बालकृष्ण कार्कीले करिब एक वर्ष अवधिको सोमबार उक्त तालिमको शुभारम्भ गर्दै नेतृत्व विकासका लागि तालिम महत्वपूर्ण सावित हुने बताउनुभयो । सेनालगायतका सुरक्षा फौज माथिल्लो तहको अधिकृतका लागि उक्त तालिम अनिवार्य मानिदै आएको छ ।
    –––

  • ६ बैशाख २०७९, मंगलवार १२:१२ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?