‘तिमीलाई हेरेर’ म्युजिक भिडियो सार्वजनिक – Dastabej

‘तिमीलाई हेरेर’ म्युजिक भिडियो सार्वजनिक


  • दस्तावेज

  • काठमाडौँ, ७ वैशाख रासस) ःगायिका सुशीला बरालको सुमधुर स्वरमा समावेश ‘तिमीलाई हेरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    प्रेमिल शैलीको यस गीतमा गायिका बरालको शब्द र सङ्गीत रहेको छ । यस गीतलाई महाराज थापाले सङ्गीत संयोजन गर्नुभएको हो । गायिका बरालको वास्तविक जीवन कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र रञ्जित पौडेलको अभिनय छ । माधव बेल्वासेको सम्पादन रहेको यस भिडियो अमृत सुनुवारको छायाङ्कन र निर्देशनमा तयार पारिएको हो । भिडियोको कथा आयाम पौडेलले लेख्नुभएको हो । गायिका बरालको च्यानल ‘सुशीला बराल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

    म्युजिक भिडियोमा ‘तिमीले हेरेर मलाई पुग्ने भए, किन भन्थेँ म अझै हेरिदेऊ’, ‘हेर आज मौसम हाम्रो अघि नै छ’, ‘तिम्रो बोली सुनी म अघाउने भए’ लगायत बोलका गीत समावेश गरिएको छ ।

    सङ्गीतकी विद्यार्थी समेत रहनुभएकी गायिका बरालका यसअघि ‘जुनी जुनी’, ‘तिम्रो आँखाको इसाराले’ लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् । म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । गायिका बरालले आफ्नो भिडियोलाई माया गरिदिन सबैलाई आग्रह गरेकी छिन् ।
    –––

  • ७ बैशाख २०७९, बुधबार १६:०० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?