फेरि पनि जनताकै सेवाका लागि मेरो उम्मेदवारीः वडाध्यक्ष हमाल - Dastabej

फेरि पनि जनताकै सेवाका लागि मेरो उम्मेदवारीः वडाध्यक्ष हमाल


  • दस्तावेज

  •  

    नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमाल आउने बैशाख ३० गतेको स्थानीय तहको निर्वाचानमा वडा नम्बर २ को अध्यक्षमा पुनः दास्रो कार्यकालको लागि नेपाली काँग्रेसबाट उमेद्धवारी दिने घोषण गरेका छन् । आफुलाई जनताको सेवकको संज्ञा दिने वडा अध्यक्ष हमाल वडाको बिकासमा सबै क्षेत्रमा उल्लेखनिय काम गरेको दाबी गर्छन् । आप्mनो ५ बर्षे कार्यकालमा धेरै काम गरेको र केही काम बाँकी रहेकोले उक्ता कामको निरन्तरता दिन र आप्mनो कामको भोक मेटाउनका लागि फेरी पनि आउने बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा वडा नम्बर २ को वडा अध्यक्षमा दोस्रो तथा अन्तिम कार्यकालका लागि उमेद्धवारी दिन लागेको बताएकाछन् ।हमाल दोस्रो कार्यकालका लागि उमेद्धवारी दिने घोषण गर्दै निति, बिधि र प्रबिधि समुन्नत वडा सम्मानित वडाबासीको नारालाई अगाडी सारेर चुनावी प्रचारप्रसारमा होमिएकाछन् ।

    हमालको घोषणः

    १६ बर्षमा नागरिकता, १६ बर्षमा मतदाता, ६० बर्षमा जेष्ठ नागरिक, ६० बर्षमा समाजिक सुरक्षा भत्ताका लागि हमालले अब आउने ५ बर्षे कार्यकालमा नितिगत रुपमा अगाडी बढाउने प्रतिबद्धता समेत जनाएकाछन् । हमालले आप्mनो प्रतिबद्धता सर्बजनिक गर्दैै भने समाजिक बिकास अन्र्तगत पर्ने लक्षित समुहहरुको शसक्तिकरणका लागि बिशेष अभियान कार्यक्रम गरी नेतृत्वमैत्री वडा बनाउन क्रियाशिल रहने छु । वडामा बाँकी रहेको काम निरन्तरता दिने छु । प्रबिधिमैत्री वडा बनाउनका लागि बिशेष जोडदिने छु । बगेश्वरी मन्दिर क्षेत्र निर्धारण गरी धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने छु । वडामा प्रबिधिक धारको बिद्यालय बनाउने छु । बिशेषखाले सरसफाई अन्र्तगत रात्रिकालीन सेवा वडामा लागु गरी टोलटोलमा निजि साझेदार मार्पmत कार्य गर्ने । फोहरलाई मोहरमा परिणत गर्ने घोषण गरेकाछन् । खेल क्षेत्रमा योगदान पु¥याएका ओलाम्पियनका लागि बिशेष सम्मान कार्यक्रम ल्याउने । युवालाई योग्यता क्षमता अनुसार निजि क्षेत्रसंग समन्वय गरी स्वांयमसेवकको रुपमा काममा लगाउने र काम दिने लगायत्का प्रतिबद्धता घोषण गरेकाछन् । वडामा रहेको खाली ठाउँमा व्यवासायिक र समाजिक उपभोग गर्ने । दैलेखी बंगालामा पहिचानका लागि दैलेखी सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने । निर्वाचित भैसकेपछि आप्mनो ५ बर्षे कार्यकालको ५० प्रतिशत सेवासुबिधा आक्षय कोष स्थापना गरी समाजिक कार्यमा लगानी गर्ने प्रतिबद्धता समेत जनाएकाछन् ।

    हमालले    आफ्नो ५ बर्षे कार्यकालमा गरेका बिकास निर्माण तथा समाजिक बिकाकाका कार्यः

    वडामा करिब ३ किलोमिटर सडक कालोपत्रे, करिब ७ किलोमिटर सडक पिसिसि, नाली निर्माण, नयाँ सडक निर्माण, बगेश्वरी मन्दिरको शौन्दरीकरण, वडामा प्रबिधि जडान, दैलेखी बंगलामा वडा कार्यालय, स्वास्थ्य चौकी निर्माण गरी सकेकाछन् । बिद्यालयको स्तर उन्ननती, वडामा प्रबिधिक धारको बिद्यालय बनाउनका लागि शिलन्यांस गरेकाछन् ।

    नेपालगन्ज २ को सफल वडा अध्यक्षको रुपमा दाबी गर्ने हमाल राजनितिक, समाजिक र खेलकुदको क्षेत्रमा लामो योगदान पुर्याएकाछन् ।

    बिद्यार्थी राजनितिबाट मुल राजनितिमा आएका सुनिलसिंह हमाल २०४२ सालमा नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखि क्याम्पस इकाई सहसचिवबाट मुल राजनितिमा आएक हुन् । हमाल बिद्यार्थी राजनितिबाट मुल राजनितिमा आएपनि, उनको खेल क्षेत्रमा पनि ठुलो योगदान रहेको छ । बिशेष गरेर त्रिकेट क्षेत्रमा २०३९ साल देखि ५४ सालसम्म राष्ट्रिय तथा ठुल्ठुला खेलकुद प्रतियोगितामा खेलाडीको रुपमा सहभागित जनाउदै आएका थिए । २०५४ साल देखि हमालले खेल राजनितिमा प्रवेश गरेर जिल्ला खेलकूद बिकास समिति बाँकेको सचिव समेत भए । हाल सम्म पनि खेलकुद क्षेत्रको नेतृत्व गर्दै आएकाछन् ।

    हमालको साक्रियातालाई मुल्यांकन गर्दै २०५४ सालमा नेपाली काँग्रेसले नेपाल तरुण दलको जिल्ला संस्थापक सदस्यमा मनोनित ग¥यो । २०५६ सालमा हमाल पार्टीको इकाई सभापति भई जिम्मेबारी निर्वाह गरे । २०५६ सालमै पार्टीले उनलाई क्षेत्रिय सदस्य बनायो । यसरी राजनितिमा सक्रिया रहदै आएका हमाल २०७२ सालमा नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रिय सचिव भएर काम गरे । २०७८ सालको १४ औं महाधिबेशनबाट हमाल पुनः क्षेत्रिय सचिवमा निर्वाचित भएर हाल सम्म पार्टीको क्षेत्रिय सचिवको पदमा रहेर पार्टीलाई योगदान पु¥याउदै आएकाछन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनबाट हमाल नेपालगन्ज उपमहानगपालिका वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित भएर पद बहाल रहेकाछन् । हमालको ५ बर्षे कार्यकाल पुग्नै लाग्दा उनले वडाको अध्यक्ष भएर बिकास निर्माणका साथैं समाजिक बिकासमा पनि हुनुपर्ने महात्वपुर्ण बिकासहरु मध्य बालबालिका, युवा, जेष्ठनागरिक, आपङ्गता, एकल महिला, आमा समुह, महिला समुह तथा तेस्रो लिङ्गी बर्गको बिकासको मुल समाहिकरणमा प्रथामिकता राख्दै उनीहरुको सहभागिता र निर्णय अनुसारको कार्यक्रम आप्mनो ५ बर्षे कार्यकालमा उच्च प्रथामिता राखेर गरेकाछन् ।

    हमालले वडाको बिकासमा पु¥याएको योगदानको मुल्यांकन गर्दै २०७५ सालमा अमेरिकन एमबेसी तथा आर्थिक पत्रकारिता समाज सेजनले सुशासन, जवाफदेहिता र आर्थिक पर्दर्शिता बिकास कार्यतर्पm उन्मुख भएकाले नेपालको सर्बेत्कृष्ट वडा अध्यक्षको रुपमा पुरस्कृत समेत भैसकेकाछन् । हमालले भने मैले कुनै पनि सानोतिनो काम अत्यन्तै महात्व र सेवा सहजताका साथ लिने भएकाले यही नै आप्mनो सफलाताको अधार स्थापित भएको बताउँछन् ।

    हमाल आप्mनो पाँच बर्षे कार्यकालमा नेपालगन्ज ६ मा रहेको फुलटेक्र तालको स्थान चयन र समास्या समाधान सहजिकरण कार्यदालको संयोजक भएर समेत भुमिका निर्वाह गरी सकेकाछन् । हाल उक्त तालमा क्रिकेट मैदान, वडा कार्यालय, कर्वाला, तेल मिर्चुवा पुजन र पार्किङ्ग लगायत्को पुर्वाधार निर्माण गर्नका लागि मन्त्रिपरिषदले निर्णय गर्ने प्रक्रियामा रहेको छ ।

    हमाल वडाको प्रमुखको नाताले कोभिड महामारीमा पनि जनताका लागि आप्mनो जिम्मेबारी निर्वाह गर्नमा कुनै कमी नराखेको बताउने गरेकाछन् । कोभिडको प्रराम्भा काल देखि नै उनी अभिभावको रुपमा निरन्तर कार्यक्षेत्रमा सेवा दिई उत्कृष्ट कार्य गरेको र बिभिन्न समास्या समाधानमा राम्रो काम गरेकोले कोभिड बिरुद्धको प्रतिकार्य कार्यमा सेवा गर्ने ५ जनामा सुनिलसिंह हमाल पनि मनोनित भएकाछन् । हमाल कोभिडको बेलामा प्रबिधिबाट जुम मिटिङ्ग, मृत्युवरण तथा समाजिक कार्यमा आफुले राज्यबाट प्राप्त सेवा सुबिधाको ५० प्रतिशत रकम खर्च गरेको बताएकाछन् । उनले आप्mनो कार्यकालमा सेवालाई चुष्तदुरुष्ता रुपमा प्रवाह गर्नु पर्छ भनेर आफु र आप्mनो वडाबाट दिइने सेवालाई कुनै कमी नराखेको उनको भनाई छ । आफु कार्यालयमा भएपनि नभएपनि कुन पनि ठाउँबाट सेवालाई सम्पादन गरी सहजता प्रदान गर्दै आएको दावी गर्छन । अहिले सम्म सेवामा सुधारका लागि कुनै सेवाग्राहीले गुनासो पेटीकामा गुनासो नगरेको उनको भनाई छ ।

     

  • ८ बैशाख २०७९, बिहीबार १०:४० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ