बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व – Dastabej

बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व


  • दस्तावेज

  • नेपालगन्ज — बाँकेको साविक खजुराखुर्द गाविस‚ हालको जानकी गाउँपालिकाको नेतृत्व ०५४ देखि नेकपा (एमाले) बाँकेका नेता पदम धिताल र पत्नी भूमिसरा धितालले आलोपालो नेतृत्व गर्दै आएका छन् ।  धितालकी पत्नी भूमिसराले हाल जानकी गाउँपालिकाको उपप्रमुख तथा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उपप्रमुखमा उम्मेदवारी दिएकी छन् ।

    २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पदम धितालले पालिका प्रमुखमा दाबी गरेका थिए । तर, एमालेले पालिकामा मधेसी समुदायको बाक्लो उपस्थिति रहेको भन्दै सोही समुदायकै नेता रामनिवास यादवलाई प्रमुखमा उठाएपछि धितालले श्रीमती भूमिसरालाई उपप्रमुख बनाउने सर्तमा दाबी छाडेका थिए । यसअघि उक्त पालिका प्रमुख र उपप्रमुखमा एमालेले जितेको थियो । २०५४ मा भएको खजुराखुर्द गाविसको अध्यक्षमा पदम धिताल विजयी भएका थिए ।

    यसपटक धितालपत्नी भूमिसराले पालिका प्रमुखमा दाबी गरेकी थिइन् । तर, एमालेले फेरि पनि मधेसी समुदायबाटै उम्मेदवार बनाउने निर्णय गरेपछि उनले उपप्रमुखमा पुनः उम्मेदवारी दिएकी हुन् । पालिका प्रमुखमा व्यवसायी हिमान्सु यादवले प्रमुखमा उम्मेदवारी दिएका छन् । उनी पालिका प्रमुख रामनिवास यादवका छोरा हुन् । पालिका प्रमुख रामनिवासको मृत्युपछि भूमिसरा कार्यवाहक प्रमुखका रुपमा काम गर्दै आएका थिइन् । ईकान्तिपुर ।

  • १३ बैशाख २०७९, मंगलवार १३:४० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?