कोहलपुरको उपप्रमुख प्रतिस्पर्धामा अस्मिता थारुको छलाँग – Dastabej

कोहलपुरको उपप्रमुख प्रतिस्पर्धामा अस्मिता थारुको छलाँग


  • सरला सुबेदी

  • कोहलपुर,बाँके । उनी स्नातक गदैछिन । नम्र र सरल स्वभाबकी धनी हुन् । त्यसैले उनलाई थारुमात्रै होईन अन्य समुदायले पनि समाजको अगुवाकारुपमा स्वीकार गरेका छन् । त्यसैको परिणाम हो, कोहलपुर नगरपालिकाको उपप्रमुखमा एमालेबाट उम्मेदवारी पाउनु । उम्मेदवारीपछि उनको चर्चा चुलिएको छ । उनी हुन कोहलपुर नगरपालिका रझेनाकी अस्मिता थारु । अस्मिताको १८ बर्षको कलिलो उमेरमा घरपरिवारको विभिन्न समस्याका कारण पढाईलाई अगाडि बढाउन सकेकी थिईनन् । बिहेपछि उनले पढाईलाई निरन्तरता दिंदै स्नातकसम्म पढ्न पाएकी हुन । ंसंघर्षशिल अस्मिता श्रीमान, सासू ससुराको सहयोगपछि यो स्थानसम्म आएको उनी बताउछिन् । सासुससुरा अनि श्रीमानको हौसलाले थारु समुदायकी चेली अस्मिताले बिहे पछि आफ्नो अध्ययनलाई निरन्तरता दिइन अहिले उनी बागेश्वरी बहुमुखी क्याम्पसमा स्वास्थ बिषयलाई मुल बिषय बनाएर स्नातक तहमा अध्ययन गर्दै छिन ।

    अध्ययन संगै राजनितिक यात्राको थालनि गरेकि अस्मिता पाटिको विभिन्न पदमा रहि काम गर्दै गर्दा २०७४ सालमा मधेशि फोरमबाट उपमेयर पदमा झिनो मतले पराजित भएकि थिइन । १८ बर्षको उमेर देखि राजनीति अनि विभिन्न सहकारी र संघ सस्थामा रहेर समाजसेवा गर्दै आएकि अस्मिता अहिले नेकपा एमाले जिल्ला कमिटिको सदस्य पदमा समेत रहेकी छिन । थारु समुदाय अनि थारु समुदायले नेकपा एमाले प्रती दिएको योगदानले गर्दा आसन्न बैशाख ३० गते हुन गैइरहेको स्थानिय निर्वाचनमा कोहलपुर नगरपालिकाको उपमेयर पदमा थारु जातिको उच्च सम्मान गर्दै उपमेयर पदमा उठाएको छ।

    पाटिले आफुलाई उपमेयरको लागि योग्य ठानी टिकट दिएर मेरो मात्र नभैइ समग्र थारु समुदायको नै सम्मान गरेको हुँदा आफुलाई राजनिति अनि समाजसेवामा थप उर्जा मिलेको बताउछिन् । अस्मिता बिहेपछि कलेज पढ्दा देखिनै सासू ससुरा श्रीमान अनि माइतीको प्रेरणाले राजनितिमा लागेकी हुन् । राजनितिमा महिला अझ थारु , मदेशी र मुस्लिम महिलाहरुको सहभागिता बढाउनका निम्ती महिला स्वयमको अग्रसरता र पाटिले महिलालाई अवसर जिम्मेवारी सुम्पने गरेमा पुरुष सरह महिलाले पनि राजनिती गर्न सक्छन् भन्ने सोचका साथ आसन्न निर्वाचनमा अत्याधिक मतले आफू अनि सम्पुर्ण टिमलाई जिताउन दिनरात आफू समर्पित हुने बताइन।

    राजनिती अनि समाजसेवामा खटिरहदा अहिले पुन थारु समुदाय अनि पिछडा बर्गका महिलाहरुलाई आर्थिक सामाजिक अनि राजनीतिक यात्रामा सबल बनाउनको लागि मैले ठाउँ पाएकि छु सायद यो मेरो लागी राजनितिक यात्राको सबै भन्दा सुनौलो अवसर हो। जब सम्म थारु महिलाहरु राजनिती क्षेत्रमा आउन सक्दैनन तबसम्म थारु महिलाका अधिकारहरु पनि सुनिस्चित हुन सक्दैनन्। राज्यले पनि थारु अनि पिछडा बर्गका महिलालाई अगाडी बढाउन शिक्षा चेतना प्रशिक्षण अवसर आर्थिक सहयोग गर्न खाचो र कार्यन्वयन गर्न जरुरी छ। महिलाका मुद्दामा सबै पाटिका महिलाहरु एकजुट भई अगाडी बड्ने आफ्नो अधिकारका लागी पाटी भित्र पनि निर्णायक तहको पदमा लड्ने पाटिले महिला पुरुष दुबैलाई समान अधिकार दिन कन्जुसाई नगर्ने राज्यले पनि प्रोत्साहन सहयोग अधिकार दिन जरुरी छ। अब सम्पूर्ण पार्टिका महिलाहरु दलगत स्वार्थ भन्दा माथी उठेर महिला ,थारु पिछडा बर्गका महिलाहरुका मुद्दामा एकजुट भएर महिला मैत्री सरकार निर्माण गर्न सक्नुपर्ने बताइन् । अबको स्थानीय चुनावमा महिलाका मुद्दा,शैक्षिक क्षेत्र, बालबालिकाका मुद्दालाई बिशेष योजनामा राखेर अघि बड्ने प्रतिबद्धता जनाएकी छन्।

  • १४ बैशाख २०७९, बुधबार १५:३८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?