पालिका प्रमुख श्रेष्ठको पहलमा बढैयातालको स्वरुप फेरिदै – Dastabej

पालिका प्रमुख श्रेष्ठको पहलमा बढैयातालको स्वरुप फेरिदै

१६ मिटरको पक्की सडक, मन्दिर निमार्णदेखि भ्यु टावर निमार्ण हुने


  • दस्तावेज

  • नेपालगन्ज । यस क्षेत्रकै ठूलो बर्दियाको बढैयातालको स्वरुप हेर्नलायक हुने फेरिन थालेको छ । बढैयाताल गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठको पहलमा तालको स्वरुप फेरिन थालेको हो । तालको चरैतिर १६ मिटरको सडक हुने गरी बाँध निमार्णको काम सुरु भइसकेको छ । करिव ४ करोड लागतमा चालु आर्थिक वर्षमा काम हुने छ भने थप कामहरु अर्को आर्थिक वर्षमा हुँदै जाने पालिका प्रमुख श्रेष्ठले बताए । उनका अनुसार तालको गहिराई चार मिटर गरिने छ । तालमा बोटिगको व्यवस्था मिलाईने छ भने बिच भागमा मन्दिरको परिकल्पना गरिएको छ ।

    जलकुम्भी झारले कुरुप बन्दै गएपछि ताललाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न पालिका प्रमुख श्रेष्टले पहल थालेको हुन ।यसअघि तालको विकासका लागि डिटेल प्रोजेक्ट रिर्पोट ९डिपीआर० गुरु योजना केही दिनमै बनिसक्ने छ । जलकुम्भीका कारण तालको अस्तित्वमै खतरामा परेपछि पालिकाले तालको स्तरउन्नतीका लागि चासो दिएको हो ।
    गुरु योजना अनुसार तालको चारैतिरको बाँधलाई करिव १६ मिटर चौडाई गरी दुई लेनको सवारी साधन चल्ने मिल्ने पक्की सडक, जलकुम्भी सरसफाई, अग्लो भागको माटो हटाउनेदेखि लिएर बृक्षारोपण गरी हराभार बनाईने छ । त्यस्तै चराहरुको बासस्थान निमार्ण, भ्यु टावर, कमलको फूलको व्यवस्थापन, बोटिग गर्नेलगायतका विकासका कामहरु समेटिएका छन् । ताललाई गहिरो बनाएर पानी सफाई गरी नुहाउन मिल्ने बनाईने लक्षय छ । त्यस्तै तालमा लगवा लगिनीया (शिवपर्वतीं) को मन्दिर निमार्ण गरी दर्शन गर्नका लागि ढुंगाको व्यवस्थापन, पिक्निक स्र्पोट, ताललाई तारजाली गरिने छ । भ्यु टावर र मन्दिर निमार्णका लागि तालको माटोको परीक्षणको काम सकिएको छ ।
    पालिकाले ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल थाले पनि प्रदेश र केन्द्रीय सरकारको लगानी अभावमा सम्भव देखिदैन । ‘हामीले पालिकाबाट तालको विकासका लागि केही बजेट बिनियोजन गरेका छौ“ । तर केन्द्र र प्रदेश सरकारको सहयोगविना सम्भव छैन,’ पालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भने,‘पर्यटकीय क्षेत्र बनाउन सुरुवात गरिसकेका छौ“ । केन्द्र र प्रदेश सरकारले पनि सहयोग गर्न आवश्यक छ ।’ सरकारको चासोमा नपरेका कारण बढैयाताल बेवारिसेजस्तै बन्दै गएको छ । ताललाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न करोडौंको बजेट आवश्यक पर्ने देखिन्छ । स्थानीय हेमकुमार चौधरीका अनुसार जलकुम्भीका कारण तालको अस्तित्व नै खतरामा परिसकेको बताउ“छन् । एक सय भन्दा बढी विगहा क्षेत्रफलको तालबाट जलकुम्भी हटाउन समस्या देखिएको उनले जनाए ।
    बढैयाताल गाउ“पालिका ५ मा पर्ने यस क्षेत्रकै ठूलो बढैया तालको विकास गर्न स्थानीयले माग गर्दै आएका छन् । ताल ब्यवस्थित गर्न बा“ध मर्मतदेखि पिक्निक स्पोर्ट निर्माण गरिएको छ । उक्त तालमा ३१ बढी प्रजातिका स्थानीय चराहरु पाईने स्थानीय बताउ“छन् । मुलुककै दुर्लभ प्रजातीका चरा पनि यहा“ पाइन्छन् । साइबेरिया र भारतबाट पनि पहुनाका रुपमा चरा आउँछन् । तर, संरक्षण अभावमा बासस्थान संकटमा परेपछि चरा अगामनमा कमी आएको छ । यहाँ सरास, करेकुरुङ, साईबेरिन, हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउँ, टिमटिमा, मलाह चिल, माटी कोरी पजातीका चरा देख्न पाईन्छन् । त्यस्तै डुबुल्की, जलेवा, चखेवा, ७ प्रजातीका बकुला, लाल टाउके गरुड, करी साँवरी, सिलसिले, खडखडे हाँस, विजुलागैरी, हरियो टाउके, सुईपुच्छे, सिम कुखुरा लगायत प्रजातीका चार हेर्न सकिन्छ ।

  • १५ बैशाख २०७९, बिहीबार १४:१९ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?