‘बाँध मायाले’ सार्वजनिक – Dastabej

‘बाँध मायाले’ सार्वजनिक


  • दस्तावेज

  • काठमाडौँ, १६ वैशाख रासस) ःगायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    युवा प्रेम र आकर्षणको भावलाई समेटिएको यस गीतमा ताराप्रकाश लिम्बूको शब्द सङ्गीत छ । गीतलाई सविन लिम्बूले सङ्गीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र विमला खाजुमलाई रोमाञ्चक मुद्रामा देख्न सकिन्छ ।

    ‘बहकिँदै छ मन बाँध मायाले’, ‘सम्हाल यो मन’, ‘चाहना छ तिम्रै हुने, एक जुनी होइन, अनेकौँ जुनी’ लगायत बोलका गीत समावेश गरिएको छ । भूपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन र सम्पादनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन् ।
    –––

  • १६ बैशाख २०७९, शुक्रबार ११:२० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?