बढैयाताल गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठः जसले ४८ किलो मिटर सडक पक्की गरे १० किमि पक्की हुँदै – Dastabej

बढैयाताल गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठः जसले ४८ किलो मिटर सडक पक्की गरे १० किमि पक्की हुँदै


  • दस्तावेज

  •  

    पर्यटकीय क्षेत्र बढैयाताल जाने पक्की सडक । 

    बर्दिया । पाँच वर्षमा सबैभन्दा धेरै सडक कालोपत्रे कुन पालिकाले गर्यो ? जवाफ पाउनु हुने छ, त्यो पालिका हो बढैयाताल गाउँपालिका । त्यसो भए कति किलो मिटर सडक पक्की भए त ? उत्तर हो, ४८ किलो मिटर । १० किलो मिटर सडक कालोपत्रे हुने क्रममै छ । यो आर्थिक वर्षमै ५८ किलो मिटर सडक पक्की हुने छ ।

    प्राविधिकहरु पनि आश्चर्यमा पर्छन ।  बढैयातालत्यसको नेतृत्वकर्ता थिए, गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ । उनी श्रेष्ठ फेरि पनि बढैयाताल गाउँपालिकाको अध्यक्षमा फेरि पनि उम्मेदवारी दिएका छन् । उनले अगामि ५ वर्ष कार्यकालमा बढैयाताल गाउँपालिकाका सबैजसो सडक कालोपत्रे गरिसकेका छन्। उनी प्रमुख हुनुअघि बढैयाताल गाउँपालिकामा हुलाकी सडकबाहेक एक किलो मिटर सडक पक्की थिएन ।

    भोलागौडीदेखि बढैयाताल सीमसारसम्मको सडक कालोपत्रेको भइसक्यो । भोलागौडीदेखि शान्तिपुर सडक, मैनापोखरचोकदेखि रानीपुर जाने सडक, पचासाचोकदेखि भारत सीमा र त्यहाँदेखि उत्तर कपास विकास समिति जाने सडक पक्की भइसकेको। उक्त सडकले महेन्द्र राजमार्ग र हुलाकी राजमार्गलाई जोड्ने छ । बढैयाताल गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले सडक निमार्णको काम यही आर्थिक वर्षभित्र हुने बताए । उनका अनुसार सडक निमार्णको काम निमार्ण कम्पनीलाई दिइसकेको र काम धमाधम भइरहेको छ । ‘पहिलो प्राथमिकता सडक हो । यसले जग्गाको मुल्य बढाउ“छ । आउजाउमा सहज पुग्छ,’ उनले भने,‘त्यसैले सडक निमार्णका लागि सबैभन्दा बढी बजेट बिनियोजन गरेका छौँ ।

  • १७ बैशाख २०७९, शनिबार १२:५४ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?