स्थानीय निर्वाचनको मुखमा सार्वजनिक भएको भिडियो । स्रोतः सामाजिक सन्जाल
बर्दिया । नेकपा माओबादी (केन्द्र) का तर्फबाट बढैयाताल गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार व्यवसायी हिमालय त्रिपाठीले करिव एक वर्षअघि पशु आहरा (ब्रान) मा काठको धुलो मिसाएर बिक्री गरेको भन्दै स्थानीय किसानहरुले आक्रोस व्यक्त गरेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो स्थानीय निर्वाचनको मुखमा सार्वजनिक भएको हो ।
भिडियोमा किसानहरुले राधाकृष्ण राईस मिलबाट किनेको ब्रानमा समिलबाट काठको धुलो ल्याएर मिसाईएको आरोप लगाइएको छ । स्थानीयहरुले काठको धुलो मिसाउने व्यवसायी त्रिपाठीलाई कारवाहीको माग गरिरहेको सुन्न सकिन्छ । अध्यक्ष पदका उम्मेदवार त्रिपाठीले राजापुर गाउँमा राधाकृष्ण राईस मिल, चिउरा मिल र काठ चिरान गर्ने समिल सन्चालन गर्दै आएका छन् ।
स्थानीयका अनुसार व्यवसायी त्रिपाठीको मीलबाट किनिएको ब्रान्ड खुवाइएका डेढ सयबढी पशु विरामी भएका थिए । एकैसाथ सयौँ पशु विरामी भएपछि त्रिपाठीको मीलमा सयौँ किसान पुगेर घेरेका थिए । किसानको विराधपछि स्थानीय प्रशासनले उनको मीलमा रहेको ब्रान्ड हेर्दा काठको धुलो मिसाइएको पुष्टि भएको थियो । किसानको तिब्र विरोधपछि व्यवसायी त्रिपाठीले डेढ लाख रुपैयाँ क्षतिपुर्ति तिरेका थिए । उद्योग बाणिज्य संघ बर्दियाको दबावपछि स्थानीय प्रशासनले मुद्दा दर्ता नगरी घटना मिलेको थियो ।
काठको धुलो मिसाएर ब्रान्ड बिक्री गरेको आरोप झेलेका हिमालय त्रिपाठीले उक्त घटमा आफू संलग्न नभएको पटकपटक दोहोर्याउँदै आएका छन् । उनले आफूलाई पटकपटक बदनाम गर्न खोजेको गुनासो गर्दै आएका छन् । तर, उनले किसानलाई क्षतिपुर्ति दिएको भन्ने खण्डन गर्न सकेका छैनन् । वडा न. ७ का वडाध्यक्षले पनि व्यवसायी त्रिपाठीको मीलबाट किनेको बान्डमा किसानले काठको धुलो भेटिएको बताएका थिए ।
उनको उम्मेदवारीपछि पाका नेताहरु पार्टीमा लगानी गरिएका व्यक्तिलाई उम्मेदवारी नदिएको भन्दै असन्तुष्टी जनाई रहेका छन् । उनको उम्मेदवारीले बढैयाताल गाउँपालिकाका माओबादी नेता तथा कार्यकर्ता विभाजित भएका छन् ।