हावाहुरीले विद्यालय तथा घरमा क्षति – Dastabej

हावाहुरीले विद्यालय तथा घरमा क्षति


  • दस्तावेज

  • जलेश्वर, १८ वैशाख रासस) गए राति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख बढीको क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित कुलदीप निमाविको पूरै छाना उडाउँदा रु चार लाखको क्षति भएको हो ।

    त्यस्तै सोही नगरपालिकाको वडा नं ३ मा स्थानीय शम्भु यादवले सञ्चालन गरेको पोल्ट्री फार्मको छानो उडाउँदा रु तीन लाख ५० हजारको क्षति भएको छ । हावाहुरीले जिल्लाको महोत्तरी गाउँपालिका–२ बस्ने सत्यनारायण मण्डलको खपराको घर पूरै लडाउँदा रु पाँच लाख, सुकेश्वर मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा रु ६० हजार र रामाज्ञा मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा रु ९५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    यसरी हावाहुरीले महोत्तरीको विभिन्न पालिकामा गए राति रु १४ लाख पाँच हजार बराबरको क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
    –––

  • १८ बैशाख २०७९, आईतवार ११:०६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?