वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी – Dastabej

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी


  • दस्तावेज

  • महोत्तरी, १९ वैशाख रासस) लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन् ।

    “खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ” बर्दिबास नगरपालिका–९ पशुपतिनगरका महेन्द्र महतोले भन्नुभयो । वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उहाँले बताउनुभयो । वर्षाले बर्खे धान र कोदोको धुले ब्याड राख्न सजिलो भएको छ । तरकारी बाली लगाउन पर्याप्त चिस्यान भएको भङ्गाहा नगरपालिका–४ रामनगरका चन्देश्वर राय दनुवारले बताउनुभयो ।

    वर्षाले किसान खुसी भए पनि उम्मेदवार भने बिलखबन्दमा परेका छन् । लगातारको वर्षाले मतदाता भेट्न र चुनावी प्रचारको अभियान बढाउन नपाउँदा उम्मेदवारलाई छटपटी भएको छ । “वर्षाले प्रचार प्रसार गर्न अप्ठ्यारो भएको छ”, भङ्गाहा–४ का वडाध्यक्षका उम्मेदवार गङ्गाराम महतो भन्नुहुन्छ, “खेतीपातीको समय छ, मतदाता घरमा कमै भेटिन्छन् ।”

    वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । वर्षाले चुनावी प्रचार अभियानमा बाधा पुगेको छ । बर्दिबास–७ का वडाध्यक्षका उम्मेदवार धनसिंह क्याप्छाकी भन्नुहुन्छ, “प्रचारमा वर्षाले असर ग¥यो ।”
    –––

  • १९ बैशाख २०७९, सोमबार १३:५५ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?