राष्ट्रिय भलिबल पुलिसको जित – Dastabej

राष्ट्रिय भलिबल पुलिसको जित


  • दस्तावेज

  • काठमाडौँ, २१ वैशाख रासस) नेपाल पुलिस क्लब छैटौँ संस्करणको जारी राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको आजको खेलमा महिलातर्फ विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै विजयी भएको हो ।

    पुलिसले एभरेस्टमाथि २५–१८,२५–१९ र २५–१४ को सेटमा जित निकालेको थियो । जितसँगै पुलिसले दुई खेलमा छ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड र एभरेस्ट भलिबल क्बल सहभागी छन् ।
    –––

  • २१ बैशाख २०७९, बुधबार १३:२९ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?