शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही – Dastabej

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही


  • दस्तावेज

  • बागलुङ, २२ वैशाख रासस) शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ ।

    एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिताविपरीत हुने बताउनुभयो । शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धि ऐन, कानूनले पनि नदिने उहाँको भनाइ छ ।

    एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिता विरुद्ध हुने कुनै पनि कार्य नगर्न÷नगराउन भनेको छ । प्रचलित ऐन, नियम र आचारसंहिताविपरीत कार्य भएमा नियमानुसार कार्वाही हुने एकाइले जनाएको छ ।

    दलका चुनावी अभियानमा शिक्षक प्रत्यक्षरुपमै संलग्न भएका गुनासा आएपछि त्यसलाई निरुत्साहित पार्न पहल लिइएको एकाइ प्रमुख उपाध्यायले बताउनुभयो ।
    –––

  • २२ बैशाख २०७९, बिहीबार १६:०६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?