स्थानीय तह निर्वाचनः यस्तो छ देशभरी तयारी – Dastabej

स्थानीय तह निर्वाचनः यस्तो छ देशभरी तयारी


  • तस्बिरः पेमा लामा/रासस

  • हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी जाँदै/दार्चुला, २६ वैशाख ः जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको व्यास गाउँपालिका–१ को छाङगरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी जाँदै । नेपालतिर बाटो नहुँदा छाङगरु र तिंकरमा सुरक्षाकर्मी र निर्वाचन सामग्री लिन नेपाली सेनाको हेलिकप्टर प्रयोग ल्याएकोे हो ।

     

    म्यादी प्रहरी
    डोटी, २६ वैशाख ः निर्वाचन सुरक्षाका लागि डोटीमा खटिएका म्यादी प्रहरी । 

    नेपाली सेना
    गलकोट, २६ वैशाख ः बन्दोबस्तीका सामग्रीसहित निर्वाचनको सुरक्षामा खटिएर बागलुङका विभिन्न मतदान केन्द्रतर्फ जाँदै नेपाली सेना । 

    मोरङ, २६ वैशाखः मतपत्र यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय विराटनगरमा विभिन्न मतदान केन्द्रमा लैजान तयारी अवस्थामा राखिएका मतपत्र । 

    मतदान सामग्री रुजु गर्दै
    दमौली, २६ वैशाख ः यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँबाट सोमबार मतदान सामग्री बुझेपछि रुजु गर्दै मतदान केन्द्रमा खटिएका कर्मचारी । निर्वाचन कार्यालयले सोमबारदेखि मतदान केन्द्रमा खटिने कर्मचारीलाई सामग्री वितरण सुरु गरेको छ ।

    मतदान सामग्री रुजु गर्दै
    दमौली, २६ वैशाख ः यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँबाट सोमबार मतदान सामग्री बुझेपछि रुजु गर्दै मतदान केन्द्रमा खटिएका कर्मचारी । निर्वाचन कार्यालयले सोमबारदेखि मतदान केन्द्रमा खटिने कर्मचारीलाई सामग्री वितरण सुरु गरेको छ । 

    मोरङ,२६ वैशाख ः मतपत्र र मतदान सामाग्री यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र लैजान कोष तथा लेखा नियन्त्रण कार्यालय विराटनगरमा कर्मचारीले राखेका मतपत्र र मतदान सामग्री । 

    निर्वाचन सामग्री लिएर मतदान केन्द्रतर्फ लागे कर्मचारी
    बनेपा, २६ वैशाखःयही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलबाट निर्वाचन सामग्री गाडीमा राखेर मतदान केन्द्रतर्फ जाने तयारी गर्दै कर्मचारी । जिल्लाका सबै मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुलाई अभिमुखीकरण कार्यक्रम गरी आवश्यक निर्देशनसहित सहायक कर्मचारी सबैलाई नियुक्ति दिई सुरक्षाकर्मीसहित केन्द्र केन्द्रमा खटाइएको छ । 

    मतदान सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै कर्मचारी / म्याग्दी, २६ वैशाख ःमुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सामग्री बुझेर मतदान केन्द्रतर्फ जाँदै गरेका कर्मचारी । म्याग्दीका मतदान केन्द्रमा कर्मचारी परिचालन हुन थालेका छन ।

    मतदान सामग्री रुजु गर्दै मतदान केन्द्रमा खटिएका कर्मचारी
    बनेपा, २६ वैशाखः वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलबाट मतदान सामग्री बुझेपछि रुजु गर्दै मतदान केन्द्रमा खटिएका कर्मचारी ।

  • २६ बैशाख २०७९, सोमबार १४:०७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?