लागुऔषधसहित युवक पक्राउ – Dastabej

लागुऔषधसहित युवक पक्राउ


  • दस्तावेज

  • भादगाउँ, २८ वैशाख रासस) भक्तपुर त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भनपा–१ दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
    –––

  • २८ बैशाख २०७९, बुधबार ११:१३ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?