नेपालगन्ज । नेकपा एमाले र नेपाली कांग्रेसका समर्थक बीच झडप भै घाइते भएका दुई जना घाइतेलाई उपचारका लागि नेपालगन्ज ल्याईएको छ ।मंगलबार राति साढे ११ बजेतिर सामान्य विवाद भएको थियो। त्यसपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
उक्त झडप नियन्त्रणमा खटिएका डिएसपीसहित चार जना प्रहरीलाई सामान्य चोट लागेको उनले बताए ।
यस्तै, नेकपा एमाले समर्थक २४ वर्षीय इन्द्र विक र ३६ वर्षीय सुनिल विक झडपमा परी घाइते भएका छन ।