सोमालियामा आत्मघाती बम आक्रमणमा परी कम्तीमा ३ जनाको मृत्यु – Dastabej

सोमालियामा आत्मघाती बम आक्रमणमा परी कम्तीमा ३ जनाको मृत्यु


  • दस्तावेज

  • मोगादिसु, २८ बैशाख, रासस-सिन्ह्वा) –सोमालियाको राजधानी मोगादिसुको एक प्रमुख चेकपोस्टमा बुधबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य कैयौं घाइते भएका छन् ।
    मोगादिसुका वार्टा नाबादाका जिल्ला आयुक्त जेनाब मोहमुद वार्सामेले घटनाको पुष्टि गर्दै आफू भने आक्रमणमा बाँच्न सफल भएको बताएकी छिन् । साथै उनले घटनामा मारिएका सैनिकहरू र घाइते भएकाहरूलाई प्रति समवेदना पठाएकी छिन् ।
    आइतबार राष्ट्रपतिको निर्वाचन हुने स्थान नजिकै रहेको घटनास्थलबाट वारसामेले सिन्ह्वालाई फोनमा सो जानकारी गराएका हुन् ।
    अल-शबाब आतङ्ककारी समूहले राजधानीमा भएको पछिल्लो आक्रमणको जिम्मेवारी लिएको छ।
    ——

  • २८ बैशाख २०७९, बुधबार १६:१५ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?