काभ्रेमा केही पालिकामा गणना सुरु – Dastabej

काभ्रेमा केही पालिकामा गणना सुरु


  • दस्तावेज

  • बनेपा, ३१ वैशाख रासस) ःशुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ । अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिका सहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा कूल मतदातामध्ये ६५ प्रतिशतले मत खसेको छ भने महाभारत गाउँपालिकामा ७५ प्रतिशत मत खसेको छ ।

    त्यस्तै कोसीपारिस्थित चौँरी देउराली गाउँपालिकामा ६० दशमलव ०८ प्रतिशत र भुम्लु गाउँपालिकामा ७० दशमलव २९ प्रतिशत मत खसेको छ ।

    त्यस्तै तेमाल गाउँपालिकामा ६८ दशमलव ७२ प्रतिशत, रोशी गाउँपालिकामा ७१ दशमलव ५२ प्रतिशत र बेथानचोक गाउँपालिकामा ६८ दशमलव ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले बताउनुभयो ।त्यसैगरी बनेपामा ७७ दशमलव ८५ प्रतिशत, मण्डनदेउपुर ७५ दशमलव ७५ प्रतिशत, धुलिखेलमा ७७ दशमलव ७९ प्रतिशत, नमोबुद्धमा ७५ दशमलव ०८ प्रतिशत, पनौतीमा ७२ प्रतिशत र पाँचखाल नगरपालिकामा ७४ दशमलव ८८ प्रतिशत मत खसेको जनाएको छ ।
    –––

  • ३१ बैशाख २०७९, शनिबार १५:५१ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?