कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता – Dastabej

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता


  • दस्तावेज

  • काठमाडौँ, ३१ वैशाख रासस) ःकागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो । वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिनुभयो ।

    उपप्रमुखमा नेकपा (एमाले)का शान्ता थापाले नेतृत्व लिनुभएको पनि उहाँले बताउनुभयो । नगरपालिकामा कांग्रेस नेकपा (माओवादी केन्द्र)को गठबन्धन चुनाव लडेको थियो । एमाले र नेकपा (एकीकृत समाजवादी) भने छुट्टाछुट्टै निर्वाचन लडेका थिए ।

    नौ वटा वडा रहेको नगरपालिकामा ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो । एमालेबाट विजयी कृष्णहरि थापा समाजवादीमा लाग्नुभएको छ । उहाँ यो निर्वाचनमा पनि समाजवादीबाट प्रतिस्पर्धामा हुनुहुन्छ ।
    –––

  • ३१ बैशाख २०७९, शनिबार १६:१७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?