बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता – Dastabej

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता


  • दस्तावेज

  • लुम्बिनी, ३१ वैशाख रासस) ःस्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

    उक्त वडामा ४०० मतगणना हुँदा कांग्रेसका नगर प्रमुख पदका प्रत्यासी खेलराज पाण्डेले सुरुआती अग्रता लिनुभएको छ । उहाँले २१५ प्राप्त गर्नुभएको छ भने, राप्रपाका मृगेन्द्रकुमार शेरचनले १७३ र नेकपा (एमाले)का बाबुराम भट्टराइले ७८ मत प्राप्त गर्नुभएको छ ।

    त्यसैगरी सिद्धार्थनगर नगरपालिकाको वडा नं १ मा ७९२ मत गणना हुँदा कांग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत रहेको छ । अन्य पालिकाबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।

    जिल्लामा १६ पालिकामध्ये एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । शुक्रबार सम्पन्न मतदानमा जिल्लाभरिमा ७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
    –––

  • ३१ बैशाख २०७९, शनिबार १६:२१ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?