बर्दिया — गुलरिया नगरपालिका वडा न. १ मा कांग्रेसका वडाध्यक्षसहित सदस्यहरुसमेत गरी प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार जोगिराम थारुसहित पूरै प्यानल विजयी भएको हो । निर्वाचन कार्यालयका अनुसार थारुले १ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका राम सुमरिन यादवले १ हजार ४ मत प्राप्त गरेका हुन । तेस्रो स्थानमा माओवादी केन्द्रका योगेश राजीले २ सय ४८ मत पाएका छन् । जिल्लाको आठ पालिकाको नतिजा अहिले सम्म प्राप्त भएको छैन ।