नेपालगञ्जमा उपमहानगरमा कांग्रेसको अग्रता – Dastabej

नेपालगञ्जमा उपमहानगरमा कांग्रेसको अग्रता


  • दस्तावेज

  • राँझा, ३१ वैशाख  स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।

    नेपालगञ्ज उपमहानगरपालिका–२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार प्रशान्त विष्टले ७९ मत प्राप्त गरी अग्रता लिनुभएको छ । नेकपा (एमाले)का पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गर्नुभएको छ ।

    नगर उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले ६८, एमालेका शान्ति ढकालले २६ र राप्रपाकी विन्दु चर्तीमगरले ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो ।

    बाँकेको बैजनाथ र नरैनापुर गाउँपालिकामा कांग्रेस, खजुरा गाउँपालिका र राप्ती सोनारीमा एमाले र कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको जनाइएको छ ।
    –––

  • ३१ बैशाख २०७९, शनिबार १७:११ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?