१० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै, ब्याजदर १० प्रतिशत – Dastabej

१० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै, ब्याजदर १० प्रतिशत


  • दस्तावेज

  •  

    काठमाडौँ — राष्ट्र बैंकले बिहीबार (जेठ ५मा ) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । विकास ऋणपत्र २०८१ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि २ वर्षको छ । उक्त ऋ पत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ ।

     

     

     

     

    राष्ट्र बैंकले यही जेठ र असारमा १ खर्ब रुपैयाँभन्दा केही बढी आन्तरिक ऋण संकलन गर्दै छ । सोही क्रममा बिहीबारदेखि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो । ऋणपत्र नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र अन्य संगठित संस्थाले खरिद गर्न पाउँछन् । यो ऋणपत्र धितो राखेर ऋण लिन र दिन पाइन्छ । ६/६ महिनामा ब्याजदर भुक्तानी पाइन्छ । ऋणपत्र खरिदका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ ।

    ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा नि:शेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ । जेठ ५ मा बोलकबोल संकलन गरेर ६ गते ऋणपत्र निस्कासन गरिने राष्ट्र बैंकले जनाएको छ ।

     

     

  • ४ जेष्ठ २०७९, बुधबार १३:५६ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला