प्रतिनिधिसभाबाट आठ अध्यादेश स्वीकृत – Dastabej

प्रतिनिधिसभाबाट आठ अध्यादेश स्वीकृत


  • दस्तावेज

  • काठमाडौँ, ६ जेठ रासस) प्रतिनिधिसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृति गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले बैठकमा “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८” र “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् ” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

    यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले “औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९” र “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९” एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले “रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

    त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” र “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १० गते साँझ ६ बजे बस्नेछ ।
    –––

  • ६ जेष्ठ २०७९, शुक्रबार १८:३७ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला