मगन्ता समुदायबाट जनप्रतिनिधि बनिन जयन्ती – Dastabej

मगन्ता समुदायबाट जनप्रतिनिधि बनिन जयन्ती


  • दस्तावेज

  • नेपालगन्ज । जयन्ती महावत बाँकेको डुडुवा गाउँ पालिका ६ को महिला सद्स्यमा    जितेकी छ्न । एमालेबाट महिला सदस्यमा उम्मेदवार बनेकी उनले आफ्नो जित समुदायको हितका निम्ति भएको बताइन् । यो समुदायका अधिकांश ज्याला मजदुरी गरेर जीविका चलाउँछन् । उनको गाउँमा फुसका छानाका मात्रै १ सय १२ घर छन् । जहाँ बर्खामा पानी जमेर बाटो हिलाम्य हुन्छ । मान्छे र चौपाया सँगै बसेजस्तो देखिन्छ । स्कुल टेक्न नपाए पनि उनले समाजको सुखदुःख राम्ररी बुझेकी छन् । ‘मेरो समुदायमा धेरै समस्या छन् । समुदायको उत्थान र परिवर्तनका लागि मैले धेरै गर्नु छ,’ उनले भनिन्, ‘म आफू नामका लागि, पैसाका लागि राजनीतिमा आएकी होइन । मेरो समुदायको परिवर्तनका लागि आएकी हुँ ।’

     

    दुई छोरी र तीन छोराकी आमा जवन्तीले आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाएकी छन् । आफ्नो समुदाय शिक्षाको पहुँचबाट टाढा भएकाले छोराछोरीलाई पढाएको उनले बताइन् । आफ्नो समुदायबाट पहिलो पटक स्थानीय सरकारमा पुगेकी जवन्तीले राखेको जस्तै रेकर्ड उनका छोराले पनि राखेका छन् । सशस्त्र प्रहरी बलमा भर्ती भएका उनका जेठा छोरा यो समुदायबाट सरकारी जागिर खाने पहिलो व्यक्ति भएको उनले बताइन् ।

    मागेर खाने परम्परागत पेसाका कारण आफूहरू सबैको हेपाइ र दबाइमा रहेको उनको अनुभव छ । हेप्ने भएकै कारण धेरैले माग्ने काम छाडेको उनले बताइन् । बाँकेका मगन्ता अर्थात् महाउत समुदायमा १ सय १५ घरपरिवार छन् । ‘धेरै नेताले विकास गर्छौं भनेर भोट मागे, जिते पनि तर काम गरेनन्,’ स्थानीय आज्ञाराम महाउतले भने, ‘जहिले पनि हामीलाई प्रयोग मात्रै गरे । समुदायका लागि कसैले केही गरेनन् ।’ वडाको विकाससँगै महाउत समुदायका लागि काम गर्ने जिम्मेवारी अब जवन्तीको काँधमा आएको स्थानीय मूलचन्द्र महाउतले बताए ।

    नेपालगन्ज उपमहानरपालिका–१४ र डुडुवा–६ मा पर्ने मगन्तपूर्वाका मगन्ता जातिका धेरै परिवार वर्षौंदेखि गरिबीको चपेटामा छन् । राज्यबाट उचित सम्मान गरेर गुजारा चलाउनुपर्ने पनि बाध्यता छ । ‘विपन्नले पेट पाल्न जे पनि गर्नुपर्छ,’ आशाराम महाउतले भने, ‘नयाँ पिँढीमा निकै परिवर्तन छ । त्यो परिवर्तनलाई सबैले आत्मसात् गर्नुपर्ने अवस्था राज्यले सिर्जना गरिदिनुपर्छ ।’ईकान्तिपुर।

  • ७ जेष्ठ २०७९, शनिबार ०८:०१ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला