नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’ – Dastabej

नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’


  • दस्तावेज

  • ८ जेठ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा हल खचाखच भरिएको थियो । मेयर, उपमेयर र निर्वाचन अधिकृतहरु मन्चमा आसिन थिए । निर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई सर्वसाधारणहरु बस्ने रोहमा बसासइएको थियो । मन्चमा ठाउँ अभाव भएको भन्दै २३ वडाध्‍यक्ष र अन्य निर्वाचित पदाधिकारीलाई सर्वसाधारणहरु बसेकै रोहमा बसालेर अपामान शैलीमा सपथ ग्रहण गराएको जनप्रतिनिधिले गुनासो छ । निर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई अगाडि उभ्याएर सपथ गराउन सकिन्थ्यो तर त्यसो नगरेर अपमान गरिएको जनप्रतिधिहरुको आरोप छ ।
    यस्तै कार्यक्रममा ब्यानरसमेत राखिएन । जनप्रतिनिधिलाई उपेक्षा गरेको भन्‍दै एमालेसहितका केही दलका जनप्रतिनिधिले सपथ ग्रहण कार्यक्रममार्फत अपमानित गरिएको वडा नम्बर ६ का वडाअध्यक्ष समिर प्रताप सिंह, उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नं १८ का अध्यक्ष दिपक बर्मा लगायत नवनिर्वाचित वडा अध्यक्ष र सदस्यले सपथ कार्यक्रममा मनोमानी चलेको आरोप लगाए ।

    नेपालगञ्ज उपमहानगरपालिकाका नव निर्वाचित मेयर प्रशान्त बिष्टलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ दिलाएका हुन् ।
    मेयर बिष्टले उपमेयर कमरुद्दिन राईसहित नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका थिए ।

  • ८ जेष्ठ २०७९, आईतवार १३:०५ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला