नेपालगन्ज । २०७४ को निर्वाचनमा बाँकेको ४ पालिकामा बिजयी भएको एमाले प्रमुख उपप्रमुखमा स्विप भएको छ । उसले गएको निर्वाचनमा जानकी, खजुरा, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाको प्रमुख उपप्रमुखमा बिजयी हासिल गरेको थियो । नेपालगन्ज उपमहानगरमा भने २०४८ मा मेयरमा जितेको थियो । त्यसयता एमाले उपमहानगरमा कमजोर देखिदै आएको छ । २०७४ को निर्वाचनमा खजुरामा एमालेका किस्मत कक्षपती निर्बाचित भएका थिए । हाल उनी बाँके अध्यक्ष छ्न । उनको पालिकामा माओबादी र कांग्रेसको गठबन्धन जितेको छ । अन्य पालिकामा गठबन्धन भए पनि कम्जोर देखिएको थियो तर एमालेले जित हात पार्न सकेन ।