बढैयाताल गाउँपालिकाका स्वास्थ्य संस्थाको अनुगमन – Dastabej

बढैयाताल गाउँपालिकाका स्वास्थ्य संस्थाको अनुगमन


  • दस्तावेज

  • नेपालगन्ज । बढैयाताल गाउँपालिकाका वडा न. २, ४ र ७ को स्वास्थ्य संस्थामा कोभिड १९ का बेला प्रयोग गरिने समाग्रीको उचित व्वस्थापन र प्रयोगको अनुगमन गरिएको छ । प्लान ईन्टर नेशलको आर्थिक सहयोग र थारु महिला उत्थान केन्द्र बर्दियाद्धारा सन्चालित स्वास्थ्य समाग्री सहयोग र जनचेतना मुलक कार्यक्रम अन्र्तगत स्वास्थ्य केन्द्रहरुलाई कोभिड बिरुद्धको लडाईका लागि स्वास्थ्य समाग्री सहयोग गरिएको थियो ।
    अनुगमनका क्रममा स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको स्वास्थ्य समाग्रीहरुको उचित प्रयोग गरिएको पाइएको कार्यक्रमका अधिकृत मोनिका देवकोटाले जानकारी दिईन । उक्त कार्यक्रम । बढैयाताल गाउँपालिकाका वडा न. २, ४, ७ र ८ मा सन्चालन गरिएको थियो । कार्यक्रम जुन २०२१ देखि मे २०२२ सम्म सन्चालन गरिएको थियो ।

    स्वास्थ्य केन्द्रलाई ग्लोबस, पीपीई, एन १९ फाईभ मास्क, पेसेन्ट बेड, सेन्टाईजर, फेस शिल, त्रिपाल, गाउन आउटर सेट, भकीसन क्यारीर, फोहर व्यवस्थापनका लागि बाल्टी (रंग अंकित) तौलीया, साबुन, कुचो र किट बक्स, आरो फिल्टरm, आपतकालिन प्रयोगका लागि मिन्लर वाटर सहयोग गरिएको छ ।
    अनुगमनमा बर्दिया ताल गाउँपाकिलाका प्रमुख हिमल त्रिपाठी, उपप्रमुख लक्षमी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडे, शिक्षा प्रमुख बिष्णुप्रसाद ढकाल, थारु महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्य सिंह थारु, कोषाध्यक्ष पुन्यकला चौधरीलगायतको सहभागिता रहेको थियो ।

  • १० जेष्ठ २०७९, मंगलवार १८:०६ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला