‘हाम्रो सम्बन्ध’ म्युजिक भिडियो सार्वजनिक – Dastabej

‘हाम्रो सम्बन्ध’ म्युजिक भिडियो सार्वजनिक


  • दस्तावेज

  • काठमाडौँ, १२ जेठ रासस) दक्षिण कोरियामा रहेका युवा गायक नवीन विश्वकर्माको सुमधुर स्वरमा समावेश ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

    प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक विश्वकर्माको शब्द र सङ्गीत रहेको छ । गीतमा इजोक थापा मगरले सङ्गीत संयोजन गर्नुभएको छ । दक्षिण कोरियाका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको यस भिडियोमा विप्लप आले मगर र सजिना गुरुङको अभिनय हेर्न सकिन्छ ।

    म्युजिक भिडियोमा ‘त्यो पारि क्षितिजमा…’, ‘हेर हामीलाई साथमा…’, ‘तिमी आयांै जीवनको रङ्ग भरिदेआँै…’, ‘तिम्रो साथमा…’लगायत बोलका गीत समावेश गरिएका छन् । इकाम शटको सम्पादन र छायाङ्कन रहेको यस भिडियोलाई इजोक थापा मगरको निर्देशनमा तयार पारिएको हो । यसअघि गायक विश्वकर्माको स्वरमा ‘यादमा’, ‘आभाष’ बोलका गीत सार्वजनिक भइसकेका छन् ।
    –––

  • १२ जेष्ठ २०७९, बिहीबार १२:२७ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला