कारागारलाई पुस्तक र फर्निचर प्रदान – Dastabej

कारागारलाई पुस्तक र फर्निचर प्रदान


  • दस्तावेज

  • जनकपुर, १३ जेठ रासस)ः
    मधेस प्रदेश सरकारले प्रदेशका पाँचवटा जिल्ला कारागारलाई आज पुस्तक तथा फर्निचर उपलब्ध गराएको छ । प्रादेशिक गृह तथा सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सप्तरी, सिरहा, महोत्तरी, रौतहट र पर्सा कारागारका लागि पुस्तक तथा फर्निचर हस्तान्तरण गर्नुभएको होे ।

    मन्त्री साहले कारागारका कैदीबन्दीको समय सदुपयोग होस् र जेल जीवनबाट फर्किएपछि पुनः नयाँ शिराबाट जीवन सुरुआत गर्न सकुन् भन्ने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । कैदीबन्दीको जीवनमा प्रभाव पार्नसक्ने जीवनोपयोगी पुस्तक तथा पुस्तकको संरक्षणका लागि चाहिने आवश्यक फर्निचरलगायत सामग्री कारागार प्रशासनलाई उपलब्ध गराएको उहाँको भनाइ थियो ।
    पाँचवटै जिल्ला कारागारलाई २५२ प्रकारको जीवन उपयोगी पुस्तक, एक थान अफिस टेबल, २० थान प्लाष्टिक कुर्सी, तीन थान रिमल्भिङ कुर्सी तथा पाँच थान दराजका दरले सामग्री हस्तान्तरण गरिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।

    –––

  • १३ जेष्ठ २०७९, शुक्रबार १२:५४ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला