नेपालगन्ज — बलात्कार आरोपमा पक्राउ परेका कोहलपुर नगरपालिका १० का निवर्तमान वडाध्यक्ष नीमबहादुर चलाउनेलाई ५ दिने म्याद थप गरी मुद्दा अनुसन्धानका लागि अगाडि बढाईको छ । जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान थालिएको हो । बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा बलात्कार मुद्दा दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
निवर्तमान वडाध्यक्ष चलाउनेलाई शुक्रबार पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख ऐन बहादुर मल्लले बताए ।
चलाउनेलाई पक्राउ गरी हिरासतमा राखिएको छ । केही समयअघि कोहलपुरकै एक महिलाले आफूमाथी जबरजस्ती करणी गरेको भन्दै चलाउनेविरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएकी थिइन् ।