नेपालगन्ज । रोल्पा कारागारमा झुन्डिएर आत्महत्या गरिएको भनिएका बन्दी बाँकेको नेपालगन्ज–२ घरबारीटोलका सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको छ । कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापगाईंको संयोजक्तवमा समिति गठन गरेको जनाईको छ । समितिलाई घट्ना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । चोरी मुद्दामा सजाय काटिरहेका हरिजनलाई अर्कै व्यक्तिले गरेको अपराधको सजाय भागिरेहेको पाइएको छ ।