‘तिम्रो मायामा’ सार्वजनिक – Dastabej

‘तिम्रो मायामा’ सार्वजनिक


  • दस्तावेज

  • काठमाडौँ, १९ जेठ रासस) ःगायक स्थानेश्वर गौतमको सुमधुर स्वर र सङ्गीतमा समावेश गजल ‘तिम्रो मायामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रमेश लुइँटेलको गीत रचना रहेको सो म्युजिक भिडियाको गीतमा नरेन्द्र वियोगीले सङ्गीत संयोजन प्रदान गर्नुभएको छ । यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाँच्न सक्छु भन्ने भावना प्रेमीले गीतमार्फत व्यक्त गरेका छन् ।

    ‘तिम्रो मायामा हरेक पल विष पिएरै बाँचिदिन्छु, तिमै्र निम्ति भए पनि मुटु सिएरै बाँचिदिन्छु’, ‘तिम्रो तस्वीर मुटुमा सजाएँ अन्तिम श्वास फेर्दा जलेको जल्यै, म तिमीझैँ आफैँ सिद्धिएरै बाँचिदिन्छु’, ‘कसम, कसम, हाँसी, हाँसी प्राण दिएरै बाँचिदिन्छु’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

    म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्रीको अभिनय छ । राम केसीले छायाङ्कन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ । भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको हो । अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत सार्वनजिक भएको जनाइएको छ ।
    –––

  • १९ जेष्ठ २०७९, बिहीबार ११:३८ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला