पोखरा महानगरको कार्यपालिकामा पूर्णता - Dastabej

पोखरा महानगरको कार्यपालिकामा पूर्णता


  • दस्तावेज

  • कास्की, १९ जेठ रासस) स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा नगर कार्यपालिकाले पूर्णता पाएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यायलयले बुधबार महिला र दलित तथा अल्पसङ्ख्यकका लागि मतदानमार्फत सदस्य चयन गरेको हो । यससँगै महानगरको ४३ सदस्यीय कार्यपालिकाले पूर्णता प्राप्त गरेको छ । मतदानमा महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीन गरी आठ सदस्यका लािग भएको निकास्की, १९ जेठ (रासस) ः र्वाचनमा सबै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् ।

    महिला सदस्यमा एमालेका धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार र हरिमाया विश्वकर्मा निर्वाचित हुनुभयो । उहाँहरुले सबैले समान ८६ मत प्राप्त गर्नुभयो । यसैगरी दलित वा अल्पसङ्ख्यकमा एमालेका गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दियाली निर्वाचित हुनुभयो । तुलाचन र घिमिरेले समान ८६ मत ल्याउँदा दियालीे ८७ मत प्राप्त गर्नुभयो ।

    गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा महानगरमा १६७ जनप्रतिनिधि निर्वाचित भएका छन् । कार्यपालिकामा ४३ सदस्य रहनेमा एमालेका १८ र नेपाली कांग्रेसका २३, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक÷एकजना रहने भएका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले २३ र एमालेले नौ वडामा जित हासिल गरेको थियो । महानगरमा एमालेले ८६, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट गरी ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित भएका थिए ।

    यसैबीच कास्की जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन जेठ २० गतेका लागि तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समन्वय समितिको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको छ । जेठ १९ गते मतदाता नामावली प्रकाशन, मतदाताको विरोधमा उजुरी दिने र अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ । जेठ २० गते उम्मेदवारको मनोनयन दर्ता र मतदान तोकिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।

    जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहनेछन् । जिल्लाका पाँच स्थानीय तहबाट गरी १० जना मतदाता छन् ।
    –––

  • १९ जेष्ठ २०७९, बिहीबार ११:५९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ४. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा