२० जेष्ठ, बर्दिया बढैयाताल , नागरिकका आधारभुत आवाश्यक्ताका सवालमा बढैयाताल गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधि र सरोकारवाला शाखाका प्रमुख संग अन्तरक्रिया गरिएको छ ।
मानब अधिकार निगरानी समुह बढैयातालले ईन्सेक बर्दियाको सहकार्यमा न्यायीक समिति बढैयातालको कार्यकक्षमा आज उक्त कार्यक्रम गरेको हो ।
स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनाई कार्यक्रममा ईन्सेक बर्दियाका प्रतिनिधि मान बहादुर चौधरीले शिक्षा , स्वास्थ्य , खाद्य र आवासका बारेमा सहजिकरण गर्नु भएको थियो ।
निगरानी समुह बढैयातालका अध्यक्ष हरिबहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा बढैयाताल गाउँ पालिकाकी न्यायकी समितिका संयोजक तथा नब निर्वाचित उपाध्यक्ष लक्ष्मी अधिकारीले नागरिकका अधिकारका सवालमा नेपालको संबिधान र कानुनको परिधिभित्र रहेर सहज र सरल रुपमा सेवा प्रवाह गर्ने भन्दै नागरिकले अनुभुति हुने गरि सेवा प्रदान गरिने बताउनु भयो ।
कार्यक्रममा शिक्षा शाखाका प्रतिनिधि धनबहादुर थापा , कृषि शाखाका प्रमुख दिपेृन्द्र श्रीवास्तब , स्वास्थ्य शाखाका प्रमुख बिष्णु पौडेल कार्यपालिका सदस्य टिकाराम सुनार , वडा ४ अध्यक्ष नरे थापा , ५ का अध्यक्ष तुलाराम थारु लगाएतले ईन्सेक बर्दियाले उठान गरेको नागरिकका सवाल महत्वपुर्ण भएको भन्दै पालिकाको योजनामा सम्बोधन गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्थानिय जन प्रतिनिधी , बिभिन्न शाखाका प्रमुख , सञ्चारकर्मी , नागरिक समाजका प्रतिनिधी , निगरानी समुहका सदस्य लगाएतको सहभागिता रहेको कार्यक्रममा बढैयाताल गाउँपालिकामा शिक्षा , स्वास्थ्य , खाद्य आवास लगाएतको सवालमा सम्बोधनको लागि ४ पृष्ठको पत्र निगरानी समुहका अध्यक्ष हरि बहादुर घर्तिले नब निर्वाचित उपाध्यक्ष लम्मी लाई हस्तान्रण गर्नु भएको जनाईएको छ ।