प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त – Dastabej

प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त


  • दस्तावेज

  • नेपालमा ४४ वर्ष देखि बाल बालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय गैर सरकारी संस्था प्लान इन्टरनेशनल नेपाल अहिले बिकासमुलक गतिबिधी सन्चालन गर्नुको साटो आफ्नै कर्मचारी माथि अन्यायपूर्ण निर्णय गर्दै मुद्दा मामिला र अदालतलको अगाडि पछाडी गर्नु उसको दैनिकी र प्रथामिकतामा परेको छ ।

    यस संस्थाले बिगत साढे ३ वर्ष पहिले नेपालको श्रम ऐन विपरीत ७६ जना कर्मचारीलाई बर्खास्त गरेको थियो । उक्त निर्णय विरुद्ध बर्खास्तमा परेका मध्ये १३ जना कर्मचारीले दिएको मुद्दामा श्रम अदालतले सस्थाको उक्त निर्णय श्रम ऐन विपरीत भएकोले खारेज गरी बर्खास्त गरेको मिति देखि को सम्पुर्ण  सेवा सुविधा सहित बर्खास्त कर्मचारीहरुलाइ पुनर्वहाली गर्ने फैसला (मिति २०७८ पौष २१ मा) गरेको छ।

    यसै गरी करिब ७ वर्ष अगाडि पनि ३ जना कर्मचारीहरुलाई नियम अनुसार पाउनु पर्ने सेवा सुविधा नदिएर बर्खास्त गरेको अर्को मुद्दामा सर्वोच्च अदालत बाट नियम अनुसारको क्षतिपूर्ति दिनु भन्ने फैसला हालसालै भएको कुरा पीडित कर्मचारीले बताएका छन्। सर्बोच्च अदालत बाट पीडित  कर्मचारीहरुको पक्षमा फैसला हुदा समेत सो फैसलाको कार्यान्वयन गर्न अटेरी गरिरहेको सम्बद्द कर्मचारी मध्ये का एक जना पीडित कर्मचारीले बताएका छन् । यस्तैगरि ४ बर्ष पहिले पनि एक जना कर्मचारी लाई यस सस्थाले गैरकानुनी तवरले सेवाबाट पदमुक्त गरेको र उनले श्रम अदालत बाट समेत मुद्धा जितिसकेको अवस्थामा फैसला कार्यन्वयन गर्नुको साटो त्यस सस्थाले थप अदालति झमेलामा अल्झाइ न्याय पाउन बाट बन्चितगर्न प्रयास गरिएको पीडित कर्मचारीहरुले बताएका छन् ।

    यस प्रकारले बालबालिकाको विकासको लागि काम गर्न भनेर नेपाल सरकारसंग सम्झौता गरी काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालका व्याबस्थपान पक्षले उनीहरूको आफ्नो स्वार्थ अनुकुलताको लागि कानुन र नियम विपरीत फिल्ड तहका स्थायी कर्मर्चारीहरु वर्खास्त गर्दै श्रम कार्यालय, श्रम अदालतको र सर्बोच्च अदालतको फैसलालाई समेत वास्ता नगरी राज्यको प्रचलित कानुनलाई समेत चुनौती दिइ रहेको अवस्था छ ।

    यस परिस्थितिमा राज्यका नियमनकारी निकायहरु श्रम बिभाग/कार्यालय , समाज कल्याण परिषद, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल स्थित ILO को कार्यालय र अन्तरास्ट्रिय गैरसरकारी सन्थाको छाता संगठन ए आइ एन जस्ताले गम्भीरता साथ लिइ कानुनको परिपालना गर्न गराउनका र देशको प्रचलित कानुनको बिरुद्ध कार्य गर्ने यस किसिमका राष्ट्रिय/ अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाहरुलाइ आवस्यक नसिहत, निर्देशन तथा कार्यवाही गर्न अपिरिहार्य भैसकेको छ ।

  • २२ जेष्ठ २०७९, आईतवार २२:४२ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश